अवैधरुपमा भित्र्याइएको ३ क्विन्टल कुखुरा बरामद

सदरलाइन संवाददाता २४ मंसिर २०८०, आईतवार १५:४२
 

नेपालगञ्ज : बाँके प्रहरीले भारतबाट अवैधरुपमा ल्याइएको ३ क्विन्टल बोइलर कुखुरा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको टोलीले राप्तीसोनारी–४ कुम्मर गाउँबाट अवैधरुपमा भारतबाट ल्याएर जङ्गलमा लुकाएर राखिएको ३ क्विन्टल कुखुरा बरामद गरेको जनाएको छ ।


आज बिहान १० बजे प्रहरीको टोलीले ९० हजार मूल्य बराबरको ३ क्विन्टल कुखुरा बरामद गरेको हो । तस्करहरु भने त्यहाँ नभेटिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

२४ मंसिर २०८०, आईतवार १५:४२
नेपालगञ्ज : “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आइतवार सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ पुष्पलालचोकदेखि निकालिएको र्याली नेपालगञ्ज १५ जमुनाहा पुगेर कार्यक्रममा परिणत भएको थियो । लुम्बिनि प्रदेश सांसद माननीय मिना श्रेष्ठको प्रमुख […]