पेट्रोलियम अन्वेषण गर्न ल्याइएका उपकरण रुपईडिहा नाकामै थन्किए

सदरलाइन संवाददाता २४ फाल्गुन २०८०, बिहीबार १५:०८
 

नेपालगञ्ज : पेट्रोलियम पदार्थको अन्वेषण गर्न ल्याइएका ड्रिलिङ मेशिनहरू नेपालगञ्जको रुपईडिहा नाकामा थन्किएका छन् । चीनबाट भारतको कोलकाता हुँदै बुधबार रुपईडिहा नाकामा पुगेका १० ट्रक सामान भन्सार छुटको पत्र नभएपछि नाकामै रोकिएका हुन् ।

खानी तथा भूगर्भ विभाग कार्यालयले अर्थ मन्त्रालयले समयमै भन्सार छुटको पत्र विभागका नाममा नपठाएकाले सामान नाकामा अलपत्र परेको बताएको छ ।

माघ २१ गते अर्थ मन्त्रालयमा खानी तथा भूगर्भ विभागले पेट्रोलियम अन्वेषण परियोजनाका नाममा सम्पूर्ण कर तथा महसुल छुट दिने भन्ने पत्र पठाएको थियो । अन्वेषण परियोजना प्रमुख दिनेश नापितले अर्थ मन्त्रालयले समयमै भन्सार छुटको निर्णय नगरिदिँदा ट्रान्सपोर्ट कम्पनीलाई लाखौंको पेनाल्टी तिर्नु पर्ने बताए । उनले भने, ‘ढोकैमा आएको सामानको पनि दोहोरो भाडा तिर्नु पर्ने भयो ।’


२०८० असोज २२ गते गरेको पहिलो चरणको निर्णयमा चाइना जियोजिकल सर्भेका नाममा निर्णय भएको थियो तर परियोजनाले खानी तथा भूगर्भ विभागको नाममा हुनु पर्ने भन्दै अर्थ मत्रालयमा माघ २१ गते अर्को पत्र पठाएको थियो । ’पत्रमा नाम परिवर्तन गरेको निर्णय गरिदिए भन्सारबाट धमाधम सामान जान्छ । एउटा पत्रका कारण सामान रोकिनु नपर्ने हो,’ परियोजना प्रमुख नापित भन्छन्, ‘चिनियाँ टोलीले हामीलाई फेलर भनिसक्यो ।’

दैलेखमा ९ जना चिनियाँ प्राविधिक टोली पुगेको छ । २०२२ मा सक्ने गरी सम्झौता गरिएको आयोजना ड्रिलिङ प्रक्रियामै थन्किएको छ । नेपाल र चीन सरकारबीच सन् २०१७ मा परियोजनामा सम्झौता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफ्नै तरकारी विक्री गर्न कमिशन दिन बाध्य किसान

२४ फाल्गुन २०८०, बिहीबार १५:०८
नेपालगञ्ज : बाँकेका विभिन्न पालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारी पकेट क्षेत्र कार्यक्रमहरू सञ्चालनमा रहेका छन् । तरकारी पकेट क्षेत्र कार्यक्रममा सयौँ कृषकहरू कृषि समूह बनाएर आबद्ध भएका छन् । यस कार्यक्रममा आबद्ध भएका कृषकहरूले धेरै बिघा जग्गामा तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन् । आफूले उत्पादन गरेका तरकारी […]