सम्पर्कविहीन तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटियो

सदरलाइन संवाददाता १५ जेष्ठ २०७९, आईतवार १७:००
 

नेपालगञ्ज : आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।

स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए ।


उनले भने, ‘त्यहाँ जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्फ केन्द्रित गराइएको छ, यद्यपि टोली पुगिसकेको छैन ।’ उनका अनुसार नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ, अहिले स्थानीयले दुर्घटना भएको भनेको स्थानदेखि यो कम्तीमा तीन घन्टाको दूरीमा पर्छ ।
पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०ः०७ पछि सम्पर्कविहीन भएको थियो । विमानमा ३ जना चालक दल र १९ जना यात्रु सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य शिविरबाट करीब ४ सय जना लाभान्वित

१५ जेष्ठ २०७९, आईतवार १७:००
बढैयाताल (बर्दिया) : बढैयाताल गाउँपालिका वडा नम्बर ४ मा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा करीब ४ सय जना लाभान्वित भएका छन् । शनिवार दिनभरी सञ्चालन गरिएको उक्त शिविरबाट स्थानीय ग्रामीण समुदायका सर्वसाधारण स्वास्थ्य परिक्षण र उपचार सेवाबाट लाभान्वित भएका हुन् । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजना, बढैयाताल […]