स्थानीयस्तर मै आचार प्रसोधन तथा बजारीकरणमा जोड

१९ चैत्र २०७३, शनिबार ०९:०५
 

सदरलाइन/गुरमु्रत यादव  
१९ चैत, बाँके : किसान तथा कृषिमा लगानी गर्ने निकायहरु उत्पादनमा मात्र सिमित नभई प्रसोधन तथा बजारीकरणमा पनि ध्यान दिनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।
स्थानीय उत्पादनलाई बाहिर नपठाई प्रसोधन तथा बजारीकरणमा सक्रियतापुर्वक लाग्नसके आयआर्जनमा ठूलो टेवा पुग्ने उनीहरुको भनाई रहेको थियो ।
साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको आर्थिक अनुदान सहयोगमा सञ्चालित आधुनिक आचार उत्पादन उपआयोजनाको शुक्रवार कोहलपुरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन ।
प्रान्सु खाद्य उद्योग कोहलपुरको पहिलोे सार्वजनिक सुनवाई कार्यक्रममा बोल्ने सहभागीहरुले खाद्यान्न प्रशोधन क्षेत्रमा अझै लगानी गर्नसके किसानहरुको आर्थिक अवस्था बलियो हुने बताए ।
यस्तैगरि किसानहरु आधुनिक आचार उत्पादन तथा प्रशोधन ब्यवसायिक रुपमा लागेर स्वदेशी उत्पादन लाई बढावा दिए जिल्लाका युवा पिढी पनि बाहिरी मुलुकमा रोजगारीका लागि भौतारिनु नपर्ने कार्यक्रममा बताईएका थियो ।
सार्वजनिक सुनवाईलाई सहजिकरण गरिरहेकी सामाजिक बिकास मञ्च बाँकेकी निमित्त कार्यक्रम सँयोजक पार्वती घिमिरेले आचार उत्पादन तथा प्रशोधन ध्यान दिएमा स्थानिय ग्राहक र ब्यापारी दुबैलाई सजिलो हुने बताएकि थिइन ।
सार्वजनिक सुनवाईको मुलभुत बिशेषता र आवस्यकता बारे औल्याउदै सम्झौता अनुसार समयमा योजनाबद्ध ढंगले काम गर्न सँयोजक घिमिरेले आग्रह गरिन । उद्योगलाई साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाले २१ लाख ७८ हजार १ सय चौरानब्बे रुपैया अनुदान उपलब्ध गराएको छ भने उद्योगले ३५ लाख ७८ हजार ३ सय बाउन्न रुपैयाको लगानीमा आचार उत्पादन र प्रशोधन गर्ने जनाएको छ ।
प्रान्सु खाद्य उद्योगले रिजमएफपीको अनुदान सहयोगमा करेला, स्याउ, आँप, लसुन तथा मिक्स आचार उत्पादन गर्ने जनाएको छ । कृषि सेवा केन्द्र कोहलपुरका ईन्चार्ज सचिन्द्र शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्टिृय स्तरको गैसस बेस नेपालका दीपलाल चौधरी, सामाजिक बिकास मञ्च बाँकेका ,उपेन्द्र कटुवाल तथा कोहलपुर हाटबजार ब्यवस्थापन समितिका ब्वस्थापक चित्रा पन्त लगायतको सहभागिता रहेको प्रान्सु खाद्य उद्योगका अध्यक्ष मेघराज पन्तलेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एम्बुलेन्सको दुरुपयोग बढ्यो

१९ चैत्र २०७३, शनिबार ०९:०५
सदरलाइनडटकम  १९ चैत नेपालगन्ज : विभिन्न सामाजिक संस्थाले परोपकारी कार्यको लागि बाँकेमा सञ्चालित एम्बुलेन्सको दुरुपयोग बढ्दै गएकोमा सरोकारवाला र सेवाग्राहीले चिन्ता व्यक्त गरेका छन् । एम्बुलेन्स सेवाको नाममा तस्करीका साथै विरामी नै बेचेर कमिशन लिने गरेको सम्म घटना सार्वजनिक भएपछि सेवाभावले नै एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएकाहरु चिन्तित बनेका हुन […]