बाँकेको बैजनाथमा थारु संग्रहालय बनाइने

सदरलाइन संवाददाता २३ मंसिर २०८०, शनिबार १४:३१
 

नेपालगञ्ज : स्थानीय सरकारले बैजनाथ गाउँपालिकामा थारु संग्रहालय बनाउने प्रतिवद्धता जनाएको छ । संग्रहालय निर्माण लगायत विभिन्न मागहरु राखेर ज्ञापन पत्र बुझाउन गाउँपालिका कार्यालयमा पुगेका थारु समुदायका बरघर, समुदायका अगुवा लगायतलाई सम्बोधन गर्ने क्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले थारु संग्रहालयका लागि स्थानीय सरकार प्रतिवद्ध रहेको बताए ।

थारु समुदायको इतिहास झल्किने संग्रहालय बनाउन बैजनाथ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मै डिपिआर प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता पनि उनले गरेका छन् । थारु समुदायका अगुवाले थारु संग्रहालय सबैको पायक पर्ने ठाउँ वडा नम्बर ५ छमनियाँस्थित जन प्रतिभा सामुदायिक वन बनाउनुपर्ने, संग्रहालयलाई पालिका स्तरिय प्राथमिकता प्राप्त योजनाका रुपमा सुचिकृत गरी निर्माणका लागि पालिकाबाटै बहुवर्षे बजेटको ब्यवस्था गरिदिनुपर्ने, थारु जातिको महान चार्ड तथा नयाँ वर्षको अवसरमा थारु माघी महोत्सवका लागि उचित बजेट व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।


यस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने थलोका रुपमा थारु संग्रहालय बनाउने र अन्य पर्यापर्यटन गतिविधिमार्फत स्थानीय स्तरमा रोजगारका अवसर सृजना गरी सुखी नेपाली समृद्ध नेपालको इच्छा र आकांक्षालाई पुरा गर्न एक राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका रुपमा प्रदेश र संघमा सिफारिस गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

स्थानीय सरकारको कार्यपालिकामै थारु समुदायको प्रतिनिधित्वि रहेको सुनाए । स्वर्गिय बैजनाथ थारुको गृह स्थानमा गाउँपालिकाले १ करोड ५ लाख रुपैयाँको लागतमा भवन निर्माण गर्न लागेको अध्यक्ष शाहीले जानकारी दिए । बैजनाथको कुल जनसंख्याको ३८ प्रतिशत थारु समुदायको बसोबास रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा खानेपानी परीक्षणका लागि नमुना संकलन

२३ मंसिर २०८०, शनिबार १४:३१
नेपालगञ्ज : बाँकेका विभिन्न स्थानमा रहेका विद्यालय, अस्पताल तथा सार्वजनिक स्थानमा खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै वितरण भइरहेका स्थानबाट शुद्ध पिउने पानीको अवस्थाका बारेमा अवगत गराउन विभिन्न सार्वजनिक स्थानमा प्रयोग हुने खानेपानीको परीक्षणका लागि नमुना सङ्कलन कार्य गरिएको […]