नेपालगञ्ज स्पोर्टिङ क्लब फाइनलमा

सदरलाइन संवाददाता २५ पुष २०७८, आईतवार १७:०६
 

नेपालगञ्ज : नेपालगञ्ज स्पोर्टिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार नेपालगञ्ज रंगशालामा भएको खेलमा नेपालगञ्ज स्पोर्टिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालगञ्ज रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर बैकल्पिक खेलाडी बिभुसन केसीको सहयोगमा विकास पुनले ६३औं मिनेटमा गोल गर्दै नेपालगञ्ज स्पोर्टिङ क्लबलाई अग्रता दिलाएका थिए । खेलको ७७औं मिनेटमा बिभुसनले नैं गोल गर्दै नेपालगञ्जको अग्रतालाई दोब्बर बनाएका थिए । अब नेपालगञ्जले मंगलबार रोयल नेपालगञ्ज फुटबल क्लबसँग प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि शुरु भएको प्रतियोगितामा बाँकेका ५ क्लबले भाग लिएका छन । प्रतियोगिता पुसको २७ गतेसम्म चल्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा निःशुल्क आँखा शिविर

२५ पुष २०७८, आईतवार १७:०६
नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा सोमवादेखि निःशुल्क आँखा शिविर शुरु भएको छ । पालिकाका नौँ वटै वडामा आँखा शिविर हुने जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले सोमवारदेखि पालिकाको वडा नम्वर १ स्थित खासकुश्मा स्वास्थ्य चौकी कुसुममा शिविर भइरहेको बताए । २७ गते वडा नम्वर २ को कचनापुर स्वास्थ्य चौकी, २८ गते […]