राप्तीनदीको दोहन रोक्न माग

सदरलाइन संवाददाता १९ मंसिर २०७८, आईतवार १५:४८
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–६ का स्थानीयले राप्तीनदीमा भइरहेको दोहन रोक्न माग गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारीलाई आइतवार ४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै स्थानीयले राप्तीनदीमा भइरहेको दोहन रोक्न माग गरेका हुन् ।

राप्तीनदीमा भइरहेको दोहनले खेतीयोग्य जमिन कटान, पटान भइ वगरमा परिणत भएको भन्दै स्थानीयको जिविकाको आधार खोसिएको स्थानीय अगुवा बनिलाल थारुले बताए ।

ज्ञापनपत्रमा जल उपभोक्ता समितिको मुल नहरको इनटेकदेखि ढलैया, डाँडा र खल्ला टपरी हुँदै सिधनीया पुलसम्म स्काभेटर र जेसिवी प्रयोग गरेर भइरहेको नदी दोहन तत्काल रोक्न माग गरिएको छ ।


ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राप्ती नदीमा भइरहेको दोहन नियन्त्रणका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वसन दिए ।

झन्डै सयको हाराहारीमा जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउन पुगेका स्थानीयले नदीबाट हुने कटान, पटान र डुवान रोकथामका लागि तटबन्ध निर्माण गरिदिनु पर्ने माग पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इण्डोनेशियामा ज्वालामुखी विस्फोट : १३ जनाको मृत्यु, ९८ घाइते

१९ मंसिर २०७८, आईतवार १५:४८
काठमाण्डौ : इण्डोनेशियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ७ जना बेपत्ता भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ । दुईवटा शवको पहिचान भइसकेको र अन्यको पहिचानका लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् । दुई सुत्केरीसहित घाइते […]