नेपाल–भारतका सुरक्षा अधिकारीको नेपालगन्जमा बैठक, स्थानीय तह निर्वाचन सुरक्षामा केन्द्रित

१२ जेष्ठ २०७४, शुक्रबार १८:१०
 

सदरलाइनडटकम  
१२ जेठ,नेपालगन्ज : दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सुरक्षालाई लक्षित गरि नेपाल–भारत सीमावर्ती सुरक्षा बैठक नेपालगन्जमा सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा आयोजित सो बैठकमा नेपालतर्फबाट बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा भारततर्फबाट बहराइच र श्रावस्तीका डिष्टिक मजिस्टेड र सुरक्षा अधिकारीहरु सहभागि भएका छन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार, बैठकमा आसन्न स्थानीयतहको निर्वाचनलाई हुने सुरक्षा चुनौती विरुद्ध भारतीय पक्षबाट सहयोग र सहकार्य खोजिएको र उनीहरुको तर्फबाट पनि सक्दो सहयोग हुने प्रतिबद्धता आएको छ ।
निर्वाचनका क्रममा खुला सीमानाका कारण सुरक्षा चुनौति बढ्ने भएकोले त्यसलाई दृष्टिगत गरी मतदानको ४८ घण्टा अगाडी नेपाल–भारत सीमाना शिल गर्ने तयारी गरिएको छ । सीमामा हुने अपराधिक घटना न्यूनिकरण नै मुख्य एजेण्डा भएको बैठकमा लागु पदार्थको अवैध कारोबारदेखि मानवबेचविखन तथा ओसारपोसारका घटना न्यूनिकरणको बिषयले पनि प्रवेश पाएको उनले बताए ।
जारी बैठकमा बाँकेका प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला अदालत बाँकेका न्यायाधिश तेजनारायण पौडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बिष्णु थापा, दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काप्mले, भारत बहराइचका डिएम अजय दिप सिंह र श्रावस्ती जिल्लाका डिएम दिपक मिनालगायत उच्च सुरक्षा निकायका अधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

व्यावसायी गुप्ताको घरमा चोरी

१२ जेष्ठ २०७४, शुक्रबार १८:१०
सदरलाइनडटकम  १२ जेठ, नेपालगन्ज : नेपालगन्जका अगुवा व्यवसायी प्रदिपकुमार गुप्ताको घरबाट लाखौंको धनमाल चोरी भएको छ । करिव २५ तोला सुनका गरहगना, ६० वटा चाँदीका सिक्का र साढे २ लाख रुपैयाँ नगद चोरी भएको पीडित गुप्ताले जानकारी दिएका छौ । ‘हामी नयाँ घर सरेर न्यूरोड बस्न थालेका थियांै’, गुप्ताले घटनाबारे […]