चोरीको मोटरसाइकलसहित बाँकेमा ७ जना पक्राउ

सदरलाइन संवाददाता १८ मंसिर २०८०, सोमबार १३:३९
 

नेपालगञ्ज : केही महिनायता बाँकेमा चोरीका मोटरसाइकलको स्वरूप नै फेरेर बेच्दै आएको गिरोह फेला परेको छ । दुई महिना यता मात्र बाँकेमा २२ वटा मोटरसाइकल चोरी भएका छन् । चोरी भएका सात वटा मोटरसाइकलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगर क्षेत्रमा पछिल्लो समय मोटरसाइकल तथा स्कुटर चोरीका घटना बढेपछि प्रहरीले गरेको अनुसन्धानबाट यस्तो तथ्य खुलेको हो । उपमहानगर क्षेत्रमा दिनहुँजसो स्थानीय बासिन्दाका घर, पसल तथा कार्यालयअगाडि पार्किङ गरेर राखिएका मोटरसाइकल तथा स्कुटर चोरी हुने गरेका छन् ।


दिनहुँ मोटरसाइकल तथा स्कुटर चोरी हुन थालेपछि नेपालगञ्ज उपमहानगरवासी आतंकित भइरहेका छन् । पीडितले दिनहुँ जिल्ला प्रहरी कार्यालय बाँकेमा चोरीका घटना टिपाउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले चोरीका मोटरसाइकलको स्वरूप परिवर्तन गरेर चलाइएको पाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पश्चिमी वायुको प्रभावले बाँकेसहित आसपासका जिल्लामा वर्षा

१८ मंसिर २०८०, सोमबार १३:३९
नेपालगञ्ज : आइतवार राती पश्चिमी वायुको प्रवेश भएसँगै सोमवार बाँकेसहित आसपासका जिल्लाका अधिकांश स्थानमा बदली र छिटफुट वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुले सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मलाई ढाकेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार यसैको प्रभावले देशको पश्चिमी क्षेत्रमा अहिले छिटफुट वर्षा समेत भइरहेको छ । मौसमविद् […]