नेपालगञ्ज : आइतवार राती पश्चिमी वायुको प्रवेश भएसँगै सोमवार बाँकेसहित आसपासका जिल्लाका अधिकांश स्थानमा बदली र छिटफुट वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुले सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मलाई ढाकेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार यसैको प्रभावले देशको पश्चिमी क्षेत्रमा अहिले छिटफुट वर्षा समेत भइरहेको छ ।
मौसमविद् नगरकोटीका अनुसार वर्षातका कारण थप चिसो बढ्ेको छ । सोमवार नेपालगञ्जको अधिकतम तापक्रम २९ दशमलव ३ र न्युनतम तापक्रम १७ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाको वेबसाइटमा उल्लेख छ ।