जानकी गाउँपालिकाद्वारा पनि श्रम स्वीकृति दिन शुरु

सदरलाइन संवाददाता १२ मंसिर २०८०, मंगलवार १३:३५
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले बैदेशिक रोजगारदाताहरुका लागि गाउँपालिकाबाट नै श्रम स्वीकृति दिन थालेपछि सेवाग्राहीलाई लाभ पुगेको छ । जसले गर्दा बैदेशिक रोजगारमा जानका लागि श्रम स्वीकृति लिन काठमाडौं धाउनु पर्ने बाध्यता हटेको छ ।

आफ्नै पालिकाबाट श्रम स्वीकृति पाइने भएपछि लागत खर्च जोगिएको सेवाग्राही गणेश गिरीले बताए । ‘काठमाडौं जाउआउ यसै खर्च महंगो परिहाल्छ उनले भने–‘गाउँपालिकाबाटै श्रम स्वीकृति पाइने भएपछि पैसासँगै समयको समेत बचत हुनुभयो ।’ उनले काठमाडौंमा गएर श्रम स्वीकृति लिन विचौलियाहरुको प्रयोग रहेको बाध्यता पनि सुनाए ।

जसका कारण लाग्नु पर्ने खर्च भन्दा धेरै रकम खर्चिनु परेको गुनासो उनको थियो । पालिकाबाट श्रम स्वीकृति पाइने भएपछि विचौलियाको ठगीबाट समेत जोगिने उनको भनाइ छ । नेपाल सरकारको २०७९ चैत १६ गतेको मन्त्रीपरिषद बैठकले ७५३ वटै स्थानीय तहबाट श्रम स्वीकृति लिन सक्ने निर्णय गरेको थियो । त्यही अनुसार जानकी गाउँपालिकाले पनि श्रम स्वीकृति दिन थालेको हो ।


जानकी गाउँपालिकाका रोजगार सेवा केन्द्रका संयोजक सीमा चौधरीले पालिकाबाटै श्रम स्वीकृति पाइने भएपछि सेवाग्राहीलाई ठूलो लाभ पुगेको बताइन् । बैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन जाँदा विचौलियाहरुले ठग्ने गरेको गुनासो आएपछि पालिकास्तरबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको पालिकाका अध्यक्ष छब्बन खाँले बताए ।

‘श्रम स्वीकृति लिन वुटवल र काठमाडौं जाँदा विचौलियाहरुले ठग्ने गरेको गुनासो स्थानीय सेवाग्राहीले गरे उनले भने–‘उक्त गुनासोको सम्वोधन हुने गरी स्थानीय सरकारबाटै श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयन गरिएको छ । यसले सेवाग्राहीको समयको पनि बचत भएको छ भने विचौलियाको ठगीबाट समेत जोगिने वातावरण बनेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चालू आर्थिक वर्षमा सडक दुर्घटनामा २४ जनाको मृत्यु

१२ मंसिर २०८०, मंगलवार १३:३५
नेपालगञ्ज : बाँकेमा नियमनकारी निकायको प्रभावकारी उपस्थिति अभावका कारण सवारी दुर्घटनामा अनाहकमा निर्दोषले समेत मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । चालू आर्थिक वर्षको साउनदेखि मंसिर १० गतेसम्मको तथ्याङ्क हेर्ने हो भने बाँकेमा ५७ वटा सवारी दुर्घटना भएका छन् । त्यसमा २४ जनाले ज्यान गुमाएका छन् । ४२ जना गम्भीर […]

सम्बन्धित