जनमत पार्टीको वडाअधिवेशन तीब्र

सदरलाइन संवाददाता २२ कार्तिक २०७७, शनिबार १८:२६
 

डुडुवा (बाँके) : जनमत पार्टी बाँकेले शनिवार डुडुवा गाउँपालिका ६ मा गरेको अधिवेशनमार्फत राम निवास तेली(शाहु)को अध्यक्षतामा ११ सदस्यीय वडा समिति गठन गरेको छ । केन्द्रीय सदस्य इरफान अहमद शेषको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा चन्द्रिका प्रकाश कोरी, सचिव गोरखनाथ मौर्या र कोषाध्यक्षमा रुकशाना शेषलाई चयन गरेको छ ।

यस्तै राम आधार मौर्या, मेहरुल शेष, राम सागर मौर्या, मुने लोध, मनोहर महावत, गीता रैदास र मेराज दर्जि सदस्यमा सर्वसम्मत चयन भएको जनमत पार्टी बाँकेले जनाएको छ । कार्यक्रममा बोल्दै नेता शेषले मधेशको समस्या समाधानका लागि जनमत गठन गरिएको बताए ।

अब मधेशमा आप्रवासनलगायतको समस्याको समाधान स्वराजिहरुले मात्र गर्नसक्ने भन्दै उनले मधेशको अशिक्षा पहाडी शासकहरुको देन भएको जिकिर गरे ।


गाविसका पूर्वअध्यक्ष आशिक अलि शेषको अध्यक्षतामा भएको कार्यक्रममा करीब दुईसय जनाले विभिन्न पार्टी परित्याग गरी जनमतमा प्रवेश गरेको नेता शेषको दाबी छ ।

कार्यक्रममा जिल्ला अध्यक्ष रियाज अहमद शेष, जिल्ला सञ्चार प्रमुख हरपाल सिंह, शैलेन्द्र कुमार कर्ण, संस्थापक सदस्य जाबिर हल्वाई, रियाज अंसारी, बङ्गे चमार, जोया शेष, आलिया खान, नाजमा बागवान, मुजफ्फर शेष, राजु अंसारी, नौसाद अंसारी, हुशेन अंसारी, मुस्तफा अंसारी, अक्षय सोनकर, हशन मोहम्मद शेष, दाउद शेष, मेराज दर्जिलगायतको उपस्थिति थियो ।

Next Post

भेरीको परीक्षणमा ६८ जनामा कोरोना पुष्टि

२२ कार्तिक २०७७, शनिबार १८:२६
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालले गत २४ घण्टामा गरेको १ सय ५४ जनाको परीक्षणमध्ये बाँकेका ५३ र अन्य जिल्लाका १५ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालको प्रयोगशालामा हालसम्म ४७ हजार ४ सय ७० जनाको नमुना परीक्षण […]

ताजा अपडेट