ज्ञानोदय नमुना मावि खजुराको ४० औं वार्षिक उत्सव मनाईयो

२९ फाल्गुन २०७४, मंगलवार १९:२६
 

सदरलाइनडटकम  २९ फागुन, खजुरा (बाँके ) : बाँकेको सामुदायिक विद्यालय मध्ये कै उत्कृष्ट विद्यालयको परिचय बनाउन सफल ज्ञानोदय नमुना माध्यामिक विद्यालय खजुराले ४० औं वार्षिक उत्सव मनाएको छ ।
खजुरा गाउँपालिका–३ खजुरामा रहेको सो माविले मंगलबार आफ्नो ४० औं बार्षिक उत्सव तथा अभिभावक भेलाको अवसरमा विद्यालयको दुई तले भवन, सिविल ल्याव र पर्खाल उद्घाटन गरीएको छ । कार्यक्रममा विद्यालयको स्मारिका विमोचन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष किष्मत कुमार कक्षपति, पूर्व राज्यमन्त्री दलबहादुर सुनारले सिविल ल्याव र पर्खालको उद्घाटन गर्दै स्मारिका विमोचन गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष कक्षपतिले गाउँपालिकालाई शिक्षाको लागि नमूना गाउपालिका बनाइने दाबी गरे ।उनले केहि समयदेखि खजुरा क्षेत्र शिक्षामा अव्वल हुदै गएको र केहि सामुदायिक विद्यालयहरु कमजोर अवस्थामा रहेकाले सबै विद्यालयलाई सबल बनाईने योजना गाउँपालिकासंग रहेको खुलासा गरे ।
जिल्ला शिक्षा अधिकारी भिमबहादुर साउदले जिल्लमा रहेको ७० वटा सामुदायिक विद्यालयहरु भए पनि १५÷२० विद्यालयको शैक्षिक अवस्था धेरै राम्रो बन्दै गएको र बाँकि विद्यालयले पनि व्यवस्थित बन्न सफल विद्यालयबाट शिको गर्न थाली रहेको बताए ।

    शिक्षा अधिकारी साउदले ज्ञानोदय नमुना खजुराका विद्यार्थीले विभिन्न शैक्षिक तथा महोत्सवहरुमा समेत आफ्नो क्रियाकलाप अव्वल रहेको प्रमाणित गरी सकेको जनाए । कार्यक्रमलाई सम्बोधन गर्दे शिक्षा अधिकारी साउदले बहुआयामिक रुपले विद्यालयलाई अगाडि बढाउन सक्नुपर्नेमा जोड दिए । साउदले विद्यालयलाई बहुआयामिक रुपले अघि बढाउदा समाज नै सुमार्ग तिर जानेमा विश्वास व्यक्त गरे ।
विद्यालयमा शैक्षिक बातावरण सिर्जन ागर्न सक्नु नै ठुलो चुनौति रहेको शिक्षा अधिकारी साउदले जनाए । बार्षिक उत्सवकै अवसरमा विभिन्न प्रतियोगितामा प्रथम दितिय र तितिय आउन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो भने बालबालिकाले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालयमा लामो समयदेखि योगदान पु¥याउने व्यक्तित्वहरुलाई समेत सम्मानित गरीएको प्राचार्य ऋषिराम सापकोटाले जानकारी दिए ।


 

Next Post

बलात्कारको मुद्दामा फरार अभियुक्त प्रहरी नियन्त्रणमा

२९ फाल्गुन २०७४, मंगलवार १९:२६
सदरलाइनडटकम   ३० फागुन, नेपालगन्ज : बाँके प्रहरीले जबरजस्ती करणी (बलात्कार) को उद्योगमा अभियोगमा आठ बर्षअघिदेखि प्रहरीको खाजीको सूचीमा रहेको एक जनालाई नियन्त्रणमा लिएर अदलतमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार २०६६ भदौ १९ गतेदेखि सो अभियोगमा फरार रहेका बाँके डुडुवा–२ का ३८ विर्षय मुसविर खाँलाई फागुन […]

सम्बन्धित