चार महिना नबित्दै कोहलपुर बसपार्क भत्किन शुरु

सदरलाइन संवाददाता ९ मंसिर २०८०, शनिबार १५:४७
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क चार महिनामै भत्किन शुरु भएको छ । साउनको पहिलो हप्ताबाट सञ्चालनमा आएको उक्त बसपार्क साढे ३० करोड ६२ लाख ७ सय १ रुपैयाँमा निर्माण भएको थियो ।

उक्त बसपार्क लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमबीच उदघाटन गरेका थिए । उदघाटन गरेको चार महिना पनि नबित्दै बसपार्कको पिच भत्किँदै गएको छ ।


नयाँ बसपार्क साउनको पहिलो सातादेखि सञ्चालनमा आएपनि मङसिर महिनाको पहिलो सातादेखि नै भत्किन शुरु भएको छ । यस्तो कम्जोर पिच हुनुमा सम्बन्धित ठेकेदार र सरोकार बाला निकायको पनि कमजोरी रहेको सम्बद्धहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निःशुल्क स्वास्थ्य शिविरमा ६ सय बढीले लिए सेवा

९ मंसिर २०८०, शनिबार १५:४७
नेपालगञ्ज : राप्तीसोनारी गाउँपालिकामा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६१५ जनाले सेवा लिएका छन् । गाउँपालिकाको वडा नम्बर ९ स्थित जनता माविमा राप्तीसोनारी गाउँपालिकाले बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ अर्जुनबाण गण ओभरी र एचसीआरसीसँगको समन्वय र सहकार्यमा आयोजना गरिएको निःशूल्क स्वास्थ्य शिविरमा ६१५ जनाले सेवा लिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख […]