सदरलाइनडटकम,
काठमाण्डौ : चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको छ । वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मंगलवार ५० वर्षको उमेरमा निधन भएको हो ।
उनी कोरोनाका कारण ज्यान गुमाउने दोस्रो डाक्टर तथा अस्पतालका पहिलो निर्देशक भएका छन् । वुचाङ्ग अस्पताल कोरोना भाइरस सङ्क्रमितहरुको उपचार गर्न रेफर गरिने वुहान राज्यको प्रतिष्ठित अस्पताल हो ।
यसअघि चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको थियो । उनीमाथि कारबाही पनि गरिएको थियो ।
चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । सोमवारसम्म एक हजार आठ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ । (एजेन्सी)
Next Post
नेपालगञ्जमा ‘स्टडी इन नेपाल एजुकेसन फेयर २०२०’ हुने
६ फाल्गुन २०७६, मंगलवार १६:२२
सम्बन्धित
-
४ चैत्र २०७५, सोमबार १४:५४
बस दुर्घटना हुँदा एकको मृत्यु, १० घाइते
-
९ असार २०७९, बिहीबार १४:०४
खडेरीले बाली सुक्न थालेपछि सल्यानका किसान चिन्तित
-
२० आश्विन २०७७, मंगलवार ०८:०८
आईपीएलमा सट्टाबाजी गर्ने धनगढीमा पक्राउ
-
३ पुष २०७९, आईतवार ११:२३
टरिगाउँ विमानस्थलबाट सातामा ५ दिन उडान हुने
-
२३ भाद्र २०७८, बुधबार १९:३०
अबैध भन्सार छलेको सामान बरामद
-
१० आश्विन २०७७, शनिबार ०९:२८
खोप आउनुपूर्व कोभिड–१९ले २० लाख मानिसको ज्यान लिनसक्छ : डब्लुएचओ