लायन्स क्लव ३२५ बि–२ को छैठौ कन्भेन्सन नेपालगन्जमा सुरु

१७ चैत्र २०७४, शनिबार १४:४०
 

सदरलाइनडटकम
१७ चैत, नेपालगन्ज : लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बि–२ नेपालको छैठौ नेशनल कन्भेन्सन शनिबार नेपालगन्जमा सुरु भएको छ । सो कन्भन्सनको प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शनिबार एक कार्यक्रमका बीचमा उद्दघाटन गरेका हुन ।
लायन्स सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश नम्बर ५ लाई देश कै उत्कृष्ट प्रदेश बनाउने गरी काम भइ रहेको बताए । उनले कृषिक्षेत्र र उत्पादन मुखी क्षेत्रलाई उच्च प्राथमिकता दिएर यो प्रदेशलाई उत्कृष्ट बनाउने सोंच बनाइएको बताए ।
मुख्यमन्त्री पोख्रेलले समाजमा फजुल खर्च गर्ने प्रबृत्ति बढेको प्रति चिन्ता ब्यक्त गर्दै भने–‘अबदेखि हामी सबैले फिजुल खर्च गर्ने मानसिकता त्याग्नुपर्छ ।’ मुुख्यमन्त्री पोख्रेलले फजुल खर्च गरे सान देखाउने काम नगर्न पनि आग्रह गरे ।
मुख्यमन्त्री पोख्रेलले नेपाली जनतालाई आत्मबिश्वास बढाउन आबश्यक रहेको भन्दै त्यसका लागि राजनैतिक नेतृत्व र कर्मचारी, प्रशासन एकसाथ भए मात्र अघि बढ्न सकिने पनि बताए । लायन्स क्लबलाई सामाजिक अभियानको संगठन भन्दै मुख्यमन्त्री पोख्रेलले समाजसेवाले हरेक मानिसलाई आत्मसन्तुष्टि दिने बताए ।
उनले विपत्तिको बेलामा लायन्सले आफ्नो पहिचान सहित सहयोगका हातहरु लिएर अगाडि आउने परम्परा र सामाजिक भावनाको सह्रहाना गरे ।
लायन्स कन्भेन्सनमा लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी–२ का गर्भनर मधुसुदन शर्माले लायन्स क्लबले नेतृत्व विकासका साथ साथै समाजसेवामा उदाहरणिय काम गरेको बताए ।
उनले आफ्नो कार्यकालमा भएका प्रगतिको बिषयमा जानकारी गराएका थिए । सो अवसरमा लायन्सबादको विकासमा सक्रिय भूमिका निबाह गर्ने पूर्व डिस्टिक गर्भनर सेम शाक्य, डिके ढुंगाना, घनश्याम भट्टराईलगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । बिभिन्न सांस्कृतिक झांकीहरु सहित बिहान नेपालगन्जमा प्रभातफेरी निकालिएको थियो ।


   

Next Post

जनस्वास्थ्य बाँकेको निशुल्क स्वास्थ्य शिविर राप्तीसोनारीको कुसुममा

१७ चैत्र २०७४, शनिबार १४:४०
सदरलाइनडटकम १७ चैत, नेपालगन्ज :  जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचको कमी भएका समुदाय लक्षित विशेषज्ञसहितको स्वास्थ्य शिविर बाँकेको पूर्वी नाका राप्ती सोनारी गाउपालिकाको वडा नं. १ कुसम बैरियामा सम्पन्न भएको छ । जिल्ला जनस्थास्थ्य कार्यालय बाँकेका महामारी रोग नियन्त्रण तथा फोकलपर्शन जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले शनिबारको […]