नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले सुझाव तथा गुनासो संकलन गर्नका लागि प्रविधिको प्रयोग शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरीबाट प्रदान गर्ने बाँकी सेवा सम्बन्धी गुनासो र सुझाव दिनका लागि “क्युआर स्क्यान कोड” सार्वजनिक गरेको हो ।
क्युआर कोड फेसबुकमार्फत सार्वजनिक गरिएको र कार्यालयका विभिन्न स्थानमा राखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न यो कोड प्रयोग गरिएको हो ।
प्रहरीले यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए÷नभएको विवरण उजुरीकर्तालाई दिइने छ । क्यूआर कोडमार्फत आएका गुनासालाई अति जरुरी, जरुरी र साधारण वर्गमा राखेर त्यसको सम्बोधन गरिने छ ।
क्यूआर कोडको प्रयोगले नागरिक सम्बन्ध नजिक बनाउन, सुरक्षाप्रतिको विश्वास बढाउन, सहज सेवा प्रदान गर्न, समयको सदुपयोग तथा नागरिकलाई सेवा लिन जाँदा दुःख पूर्णरूपले हट्ने अधिबक्ता विश्वजित तिवारीले विश्वास व्यक्त गरे ।