माडी नदिबाट दाङमा खानेपानीको व्यवस्था गरिने : सभामुुख महरा

२१ मंसिर २०७५, शुक्रबार १८:१९
 

सदरलाइनडटकम,
दाङ : संघीय संसदका सभामुुख कृष्णबहादुर महराले दाङमा पानीको आपूर्तिका लागि रोल्पाको माडी नदिलाई डाइभर्सन गरेर ल्याउने योजना रहेको बताएका छन् ।
दाङको घोराही उपमहानगरपालिका १७ गुलरियामा निर्माण भएको तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको शुक्रवार उद्घाटन गर्दै उनले प्रयाप्त पानीका लागि माडीको पानी दाङमा ल्याउने योजना रहेको बताएका हुन् ।
बढ्दो पानी संकटलाई हटाउन माडीको पानीलाई ल्याएर दाङमा खानेपानी र सिँचाई अभावलाई दिर्घकालीनरुपमा समाधान गर्ने प्रतिबद्धता जनाउँदै सभामुख महराले छिट्टै प्रदेश पाँचका मुुख्यमन्त्री शंकर पोख्रेलसहित सिँचाई मन्त्री र दाङबाट प्रतिनिधित्व गर्ने सांसदले संयुक्तरुपमा माडी नदि डाईभर्सन गरेर दाङ ल्याउने घोषणा गर्ने तयारी भएको जानकारी दिए ।
बढ्दो जनसंख्यालाई खानेपानीको आपुुर्तिका लागि सरकार गम्भिर रहेको र बिकल्पहरुको खोजी भईरहेको भन्दै उनले खानेपानी संस्थाले पनि आफ्नो योजनालाई अघि सार्नुुपर्नेमा जोड दिए ।

Next Post

न्यायालयको सेवाबारे डुडुवामा न्यायिक संवाद

२१ मंसिर २०७५, शुक्रबार १८:१९
सदरलाइनडटकम, डुडुवा (बाँके) : कानून तथा न्यायिक प्रक्रियाबारे उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका विभिन्न सेवा सुबिधाका बारेमा जानकारी गराइएको छ । डुडुवा गाउँपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रमअन्तर्गत शुक्रवार न्यायिक संबाद कार्यक्रम गरिएको हो । अदालतको सेवा सुविधा, प्रक्रियाबारे जानकारी गराउँदै न्याययिक टोलीले न्यायप्रति जनताका गुनासा संकलन गरेको छ । कार्यक्रममा अदालतले […]