मानव सेवा आश्रममा एक जना पुरुष मृत फेला

सदरलाइन संवाददाता ६ मंसिर २०८०, बुधबार १४:०५
 

दाङ : दाङको तुलसीपुरमा रहेको मानव सेवा आश्रममा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका ६ गाईडर स्थित मानव सेवा आश्रममा वतन नखुलेका ५३ वर्षिय अब्दुल नजिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक जनक मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार नजिर विगत एक वर्षदेखि सोही आश्रममा आश्रित थिए । नजिरलाई बुधबार बिहान कोठामा सुतिरहेको अवस्थामा आश्रमका सञ्चालकले उठाउन जाँदा उनी मृत अवस्थामा भेटिएका थिए ।


त्यस्तै उक्त घटनास्थलमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी टोली खटी गई घटनास्थलको प्रारम्भिक अनुसन्धान पश्चात उनको शवलाई पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

करणी गरेको आरोप बाँकेमा ३ जना पक्राउ

६ मंसिर २०८०, बुधबार १४:०५
खजुरा (बाँके) : बाँकेमा २० वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका–१ जलपोखरी बस्ने २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रबिण थापा रहेका छन् । युवराज, समिर, प्रबिण र जानकी गाउँपालिका–२ चौधरीपुर बस्ने २० वर्षीय […]