राहत साम्रगी लिएर एन प्याब्सनको टोली जाजरकोट प्रस्थान

सदरलाइन संवाददाता २ मंसिर २०८०, शनिबार १२:४०
 

नेपालगञ्ज : जाजरकोटका भूकम्प प्रभावित नागरिकका लागि नेशनल प्याब्सन बाँकेको टोली राहत सामग्री लिएर प्रस्थान गरेको छ ।

छ लाख रुपैयाँ भन्दा बढिको राहत सामग्री लिएर नेशनल प्याब्सन बाँकेको टोली शनिबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा प्रस्थान गरेको हो ।


नेशनल प्याब्सनका केन्द्रिय सदस्य श्याम कुंवरको नेतृत्वमा लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष कमल पछाई, जिल्ला अध्यक्ष किशोर राज मल्ल, सचिव वेगम चन्द, कोहलपुर नगरपालिकाका नगर अध्यक्ष विष्णु प्रसाद केसी लगायतको टोली राहत सामग्री लिएर जाजरकोट गएका छन् ।

बाँके जिल्लाका नेशनल प्याब्सनमा आवद्ध सम्पूर्ण सदस्यहरुले संकलन तथा जनज्योति पब्लिक हाई स्कुलले विशेष सहयोग गरी प्रिफर्म म्याट, बल्यांकेट, म्याट, त्रिपाल लगायतका सामग्री सहयोग जुटाएको नेशनल प्याब्सनका केन्द्रिय सदस्य श्याम कुंवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुसले थाल्यो लुम्बिनीमा बौद्ध मन्दिर निर्माण

२ मंसिर २०८०, शनिबार १२:४०
नेपालगञ्ज : बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण शुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण शुरु भएको हो । रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउण्डेशन र रुसका बौद्धमार्गीहरूको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० […]