रुसले थाल्यो लुम्बिनीमा बौद्ध मन्दिर निर्माण

सदरलाइन संवाददाता २ मंसिर २०८०, शनिबार १२:५३
 

नेपालगञ्ज : बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण शुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण शुरु भएको हो ।

रुसको नेपालस्थित दूतावास, रुस नेपाल मैत्री सङ्घ, रुसी बौद्ध मन्दिर निर्माण फाउण्डेशन र रुसका बौद्धमार्गीहरूको संयुक्त पहल तथा प्रयासमा उक्त संरचना ३० करोड रुपैयाँको लगानीमा निर्माण शुरु भएको हो ।

रुसी गुम्बा नेपालका संयोजक ई. प्रवीण गौचनका अनुसार लुम्बिनी क्षेत्र विकास कोष भित्र रहेको एक बिघा क्षेत्रफल जमिनमा रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण शुरु भई सन् २०२५ मा निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ । रसियन राजदूत असेक्सेई नोभिकोभले एक समारोहकाबिच रसियादेखि रसियन गुम्बाको एक टुक्रा ढुङ्गासहित आएको भिक्षुहरूको बौद्ध पाठपरायणसहित मन्दिर निर्माणको शिलान्यास गरे ।


त्यस अवसरमा रसियाबाट आएका बौद्ध भिक्षु लामाहरू बुँदा बदमाएफ, जम्बालभ छिरिगंछाप, नान्जतोफ रिचेलाभ, चिल्गासेफ रमनले विशेष बौद्ध पाठपरायण गरेका थिए । नेपालको सिई कन्स्ट्रक्शनले साढे दुई तले मन्दिर निर्माण शुरु गरेको छ । रुसी दूतावासमार्फत लुम्बिनी विकास कोषसँग सन् २०१९ मा सम्झौता सम्पन्न भई हाल सन् २०२३ मा निर्माण शुरु भएको हो । जहाँ रुसको सबैभन्दा पुरानो गुम्बाको प्रारूप झल्किने संरचनाको डिजाइन गरिएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै रसियन राजदूत नोभिकोभले नेपाल रसियामैत्री सम्बन्धमा संस्कृति आदान प्रदान गर्ने उद्देश्यसहित बुद्ध जन्मभूमिको जमिनमा रसियन गुम्बाको निर्माण शुरु गरेको बताए । उनले शान्तिको सन्देश बुद्धभूमि लुम्बिनी नेपालदेखि रसियाको सम्बन्ध थप प्रगाढ बन्ने बताए । साथै राजदूतले नेपाल रसिया सम्बन्धमा लुम्बिनीको ‘रुसी बौद्ध मन्दिर’ कोसेढुङ्गा साबित बन्दै भावी पिँडीका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

शिलान्यास समारोहमा रुस–नेपाल मैत्री समाजका उपाध्यक्ष दिनानाथ राज भण्डारीले दुई देशबिच द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने यो प्रयास संस्कृति संरक्षणमा बुद्धभूमि नेपालको पहिचान थप उजागर बनेको स्पष्ट पारे । रुसी बौद्ध समाजका अध्यक्ष अलेक भयासिलोले मन्दिर निर्माणले नेपाल संसारभर शान्ति स्रोत राष्ट्र बन्न सक्ने बताए । लुम्बिनी विश्व विद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनीबाट प्रवाह हुने शान्ति सन्देशलाई संसारभरका मानव जातिले महत्त्वका साथ हेर्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धनगढीमा आगलागीबाट करिब १८ करोडको क्षति

२ मंसिर २०८०, शनिबार १२:५३
कैलाली : कैलालीको धनगढीमा शनिबार बिहान भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ । धनगढी उपमहानगरपालिका–१ मा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर (जुत्ताचप्पलको होलसेल गोदाम) मा लागेको आगो अरुतिर पनि सल्केको थियो । राति करिब १ बजेतिर विद्युत सर्ट भएर लागेको आगलागीबाट […]