खजुरा (बाँके) : स्थानीय तहमा विकासको सूचक भौतिक पूर्वाधारलाई मात्र मन्ने गरिन्छ तर, बाँकेको खजुरा गाउपालिकाले भौतिक पुर्वाधार मात्रै विकासको सूचक होईन भन्ने अभिप्रायले भौतिक विकासका साथ साथै शिक्षा, स्वास्थ र कृषि क्षेत्रलाई समेत विकासको सूचकको रुपमा समेटेर अघाडि बढेको छ ।
खजुरा गाउपालिकाले स्वस्थ्य नागरिक भए विकासको गति आफै सुरु हुन्छ भन्ने सोचका साथ पालिकामा बसोबास गर्ने नागरिकको स्वास्थ्य अवस्थामा विषेश ध्यान पुर्याएको छ । स्वास्थ्यका क्षेत्रमा सबै जनताको पँहुच पुगोस भन्नका लागि खजुराले ‘जनतासंग स्थानीय सरकार’ कार्यक्रम अन्र्तगत पहिलो पटक जेष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा शिविर सन्चालन गर्नुको साथै घरदैलो मै विषेशज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरेको खजुरा गाउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति बताउछन् ।
उनले भने–‘ सम्बृद्ध खजुराको लागि पालिकाले विभिन्न रणनीतिक योजना अघि सारेको छ । त्यसै मध्यको एक स्वस्थ्य नागरिक विकासको आधार मानेर अघि बढ्दै घरदैलो मै विषेशज्ञसहितको स्वास्थ्य सेवाका साथै आँखा शिविर सञ्चालन गरेका छौ ।’ उनले अझै पनि पालिकाले नागरिकलाई दिने सेवाको लागि बिभिन्न योजनाहरु अघि सारेको बताए ।
खजुरा गाउपालिकाले स्वास्थ्यमा मात्र नभई शिक्षामा समुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरुको गुणस्तरमा वृद्धी गरेको छ भने कृषिको आधुनिकिकरण र व्यावसयीकरण समेत प्राथामिकतामा पारेको छ ।
उनले खजुरा गाउपालिकाका आठ वटै वडामा सन्चालन गरेको विषेशज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरबाट १ हजार ५ सय भन्दा बढीले सो सेवा लिईसकेका जानकारी दिए । साथै पालिकाले आफ्नै खर्चमा १ सय जना भन्दा बढी जेष्ठ नागरिकको आँखाको निशुल्क शल्यक्रिया गरि दिएको छ, भने ६० वर्ष मुनिका नागरिकको ५० प्रतिशत खर्च छुट गरेको बताए ।
खजुरा गाउपालिका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले जन स्तरसम्म ंगाउपालिकाले उपलब्ध गराउने स्वास्थ्य सेवा पुराउन पालिकाको स्वास्थ्य नीति अनुरुप अघि बढिएको बताए । उनले नगरिकको घरदैलोमा स्वास्थ्य सेवा पुराउन अहम भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंम सेविकालाई पालिकाले विषेश महत्वका साथ तालिम तथा उनीहरुको लागि नेपाल सरकारले दिने सेवा सुविधा बाहेक पनि वार्षिक ६ हजार रुपैंया प्रोत्साहन दिने गरेको जानकारी दिए ।
उनले पालिकाका सबै महिला स्वास्थ्यकर्मी कोरोना बिमासंगै स्वास्थ्य बिमा गर्नुको साथै सुत्केरीसंग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन गरी ४ सय ९७ जना सुत्केरीलाई सुत्केरी भईसकेपछि तेस्रो दिन र सातौ दिनमा सेवा दिएको जानकारी दिए । हात्तिपाईलेविरुद्धको आम औषधि सेवन अभियान, भिटामिन ए, पोलियो तथा कोभिड–१९ भ्याक्सिन लगाउनेसम्मका गतिविधिलाई जनस्तरसम्म पुराउन लागि पहल भई रहेको बताए ।
खजुरा गाँउपालिकाले जनस्तरसम्म स्वास्थ्य सेवा दिने कार्यमा खटेका महिला स्वास्थ्य स्वयमसेवीकालाई तालिम, तथा अत्यावश्यक सामान उपलब्ध गराउनु पर्ने बताउछिन खजुरा–३ कि महिला स्वास्थ्य स्वयम सेविका पूर्णिमा आचार्य । उनले पालिकाले अतिरिक्त सुविधा दिनुको साथै कोरोना तथा स्वास्थ्य विमा गरेर काम गर्न प्रोत्सान गरेको बताईन ।
खजुरा गाउपालिकाका स्वास्थ्य संस्थाले दिने सेवामा समेत निक्कै सुधार ल्याएको रनियापुर स्वास्थ्य चौकिका ईन्चार्ज पृथ्वीनाथ योगीले बताए । उनले जेष्ठ नागरिक शिविर, निशुल्क आँखा शिविर तथा विभिन्न खालका स्वास्थ्य अभियान सञ्चालन गरि सेवा दिएको बताए ।
खजुरा गाउपालिकाले प्रदेश सरकारको सहयोगमा ८४ वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, जटिल प्रसुती सेवाको निशुल्क एम्बुलेन्स तथा संघिय सरकारको सहयोगमा विभिन्न स्वास्थ्य संस्था निर्माण संगै १५ बेडको अस्पताल समेत निर्माण गर्दै छ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानी पनि विकासकै सुचक हो भन्ने अभिप्रायले अघि बढेको खजुरा गाउपालिकाको अभियानमा सबैको सहकार्य हुन आवश्यक छ ।