भेरी नदीमा मिनी ट्रक खस्दा सह–चालकको मृत्यु

सदरलाइन संवाददाता ७ चैत्र २०७८, सोमबार १३:२४
 

सुर्खेत : भेरी नदीमा मिनी ट्रक खस्दा सह–चालकको मृत्यु भएको छ । सोमबार राती साढे १ बजेको समयमा ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको हो ।

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ मनकाबगरमा गोतामकोट देखी डोल्पाको खदाङ तर्फ खुद्रा सामान लिएर जादै गरेको नम्बर नखुलेको मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीका कार्यालय प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता गणेशबहादुर बमले जानकारी दिए ।


ट्रकमा सवार ४ जना मध्ये आठबिसकोट नगरपालिका–६ का ट्रक सह–चालक २२ वर्षीया धनबहादुर बोहरा घटनास्थलमै मृत्यु भएको खबर आएको साथै एक जना बेपत्ताको प्रहरीले खोजीकार्य गरिरहेको छ ।

यस्तै, घाइते अन्य व्यक्तिलाई प्रहरीले उद्दार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने बेपत्ता हुनेमा आठबिसकोट नगरपालिका–६ का २३ वर्षीय अनिल बिक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन सुर्खेत प्रशासनको अनुरोध

७ चैत्र २०७८, सोमबार १३:२४
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय सुर्खेतले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको छ । प्रशासनले सोमबार एक सुचना जारी गर्दै स्थानीयतहको निर्वाचन आउँदै गरेकाले उक्त निर्वाचन सम्पन्न प्रश्चाप पाउँनेगरि प्रहरीलाई बुझाउन अनुरोध गरेको हो । उक्त जारी सुचनामा भनिएको छ, ‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर […]