विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त

सदरलाइन संवाददाता २९ असार २०८१, शुक्रबार १७:३६
 

काठमाडौ :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन । उनी प्रतिनिधि सभाबाट विश्वासको मत पाउन असफल भएसँगै पदमुक्त भएका हुन ।

प्रतिनिधि सभाको आज शुक्रबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सदनको आफुलाई विश्वास छ भनि राखेको विश्वासको मत सम्बन्धीको प्रस्ताव करिव दुई तिहाइ बहुमतबाट अस्वीकृत भएको हो ।

प्रस्तावको पक्षमा ६३ मत विपक्षमा १ सय ९४ परेको थियो भने मतदिन्न भन्ने पक्षमा १ मत पर्यो । मतदानमा २ सय ५८ जना उपस्थित रहेका थिए ।

नेपाली काँग्रेस, एमाले, राप्रपा, लोसपा जसपा लगायतका पार्टीहरुले विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गरे । भने राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीले विश्वासको मत सम्बन्धी प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरे ।

प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धीको प्रस्ताव अस्वीकृत भएसँगै संविधानत् प्रधानमन्त्री स्वत पदमुक्त भएका हुन । यो संगै नयाँ सरकार गठनको बाटो खुला भएको छ ।

यो सँगै करिव ढेड बर्ष कार्यकालमा प्रधानमन्त्रीले पाँच पटक विश्वासको मत लिएका हुन । नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो ।


विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको माओवादी केन्द्रका अध्यक्ष दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते दुई सय ६८ जनाको विश्वासको मत प्राप्त गरेका थिए ।

त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत लिए । त्यसबेला उनलाई एक सय ७२ जनाले विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिए । त्यसबेला एक सय ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए ।

त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिए । त्यसबेला उनको पक्षमा एक सय ५७ सांसदले मत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवन पहिरो अपडेट : बेपत्ता बस भेटिएन, गोताखोर परिचालन

२९ असार २०८१, शुक्रबार १७:३६
चितवन :  पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न नसकिएपछि खोजतलासको लागि गोताखोरको टोली परिचालन गरिएको छ । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए । दुबै बसमा ६५ जना सवार रहेको बताइएको […]