दार्चुलामा मेयर बन्न साधुले पनि दर्ता गराए उम्मेदवारी

सदरलाइन संवाददाता १२ बैशाख २०७९, सोमबार १७:५६
 

दार्चुला : दार्चुलामा एकजना साधुले मेयर पदमा उम्मेदवारी दिएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित जगतपुरी मन्दिरको आश्रममा बस्दै आएका स्वामी रामानन्द सरस्वतीले शैल्यशिखर नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।


उनले गोकुलेश्वर बहुमुखी क्याम्पसमा आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराउदैँ शैल्यशिखर नगरपालिकामा भइरहेको भ्रष्टाचार अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध उनलाई पार्टीले शैल्यशिखर नगरपालिकाको प्रमुखको उम्मेदवारमा सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा सत्ता गठबन्धनका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता

१२ बैशाख २०७९, सोमबार १७:५६
नेपालगञ्ज : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगञ्जमा सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट प्रमुख र उपप्रमुख पद पाएका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बाजागाजा सहितको जुलुसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । जनता समाजवादी पार्टी […]