कोहलपुरमा प्लास्टिकका माला खुलेआम बिक्रीवितरण हुँदै

सदरलाइन संवाददाता २५ कार्तिक २०८०, शनिबार १४:१७
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले प्लास्टिकका फुलमाला र पटाकालगायतका विस्फोटकजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

मङ्गलवार एक सूचना जारी गर्दै नगरपालिकाले प्लास्टिकका फूलमाला तथा पटाकाजन्य विस्फोटक पदार्थ आयात र बिक्री–वितरणमा रोग लगाएको हो ।

नेपाल सरकार वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ (१)ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचनाअनुसार प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डार गर्न पूर्णरूपले रोग लगाउने निर्णय गरेअनुसार रोक लगाइएको नगरपालिकाद्वारा जारी गरिएको प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालद्वारा हसताक्षरित सूचनामा भनिएको छ।

प्लास्टिकजन्य फुलमालाको साटो नगरपालिकाभित्र स्वदेशमै उत्पादित सयपत्री, गोदावरी, मखमली फूलका माला प्रयोग गर्न समेत आग्रह गरिएको छ ।

तर,यतिवेला कोहलपुर बजारमा प्लाष्टिकको माला जताततै विक्रीवितरणका लागि राखिएको देखिएको छ । पालिकाले माला रोक लगाएपछि पनि बजारमा भेटिइरहेका छन् । तर पालिकाले अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाउन सकेको छैन । तिहार र छठमा सबैभन्दा बढी फूलको खपत हुने र त्यही बेला फूलको मूल्य वृद्धि भएकाले प्लास्टिकको माला खरिदबिक्री हुने गरेको छ। आहिले बजारमा फूल प्रति केजी ५०० सय रुपैंयामा बिक्री भइरहेको छ ।

तिहारको बेला सयपत्रीको माला महँगो हुने तर प्लास्टिकको माला सस्तो र लामो समय टिकिराख्ने भएकाले पनि प्लाष्टिकको मालाप्रति ग्राहक आकर्षित भएको व्यापारी बताउँछन् । कोहलपुर नगरपालिकाले प्लास्टिकका फुलमाला र पटाकालगायतका विस्फोटकजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।


मङ्गलवार एक सूचना जारी गर्दै नगरपालिकाले प्लास्टिकका फूलमाला तथा पटाकाजन्य विस्फोटक पदार्थ आयात र बिक्री–वितरणमा रोग लगाएको हो ।

नेपाल सरकार वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ (१)ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचनाअनुसार प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डार गर्न पूर्णरूपले रोग लगाउने निर्णय गरेअनुसार रोक लगाइएको नगरपालिकाद्वारा जारी गरिएको प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालद्वारा हसताक्षरित सूचनामा भनिएको छ।

प्लास्टिकजन्य फुलमालाको साटो नगरपालिकाभित्र स्वदेशमै उत्पादित सयपत्री, गोदावरी, मखमली फूलका माला प्रयोग गर्न समेत आग्रह गरिएको छ ।

तर, यतिवेला कोहलपुर बजारमा प्लाष्टिकको माला जताततै विक्रीवितरणका लागि राखिएको देखिएको छ । पालिकाले माला रोक लगाएपछि पनि बजारमा भेटिइरहेका छन्। तर पालिकाले अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाउन सकेको छैन । तिहार र छठमा सबैभन्दा बढी फूलको खपत हुने र त्यही बेला फूलको मूल्य वृद्धि भएकाले प्लास्टिकको माला खरिदबिक्री हुने गरेको छ । आहिले बजारमा फूल प्रति केजी ५०० सय रुपैंयामा बिक्री भइरहेको छ ।

तिहारको बेला सयपत्रीको माला महँगो हुने तर प्लास्टिकको माला सस्तो र लामो समय टिकिराख्ने भएकाले पनि प्लाष्टिकको मालाप्रति ग्राहक आकर्षित भएको व्यापारी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कीर्तिमानी पाइलट भावना नेपालगञ्जमा दौडसँगै मन्थन गर्ने

२५ कार्तिक २०८०, शनिबार १४:१७
नेपालगञ्ज : पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली महिला पाइलट भावना पन्त नवौं धारा नेपालगञ्ज म्याराथनमा ऐक्यबद्धता जनाउन आउने भएकी छन् । नेपाल एयरलाइन्समा कार्यरत पाइलट भावनाले टिमको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय नारी दिवस(फागुन २४, २०७९)मा पहिलोपटक एयरबसलाई काठमाडौं—दुबई—काठमाडौं सफल अवतरण गराएकी थिइन् । अन्तर्राष्ट्रिय उडानहरुमा व्यस्त क्याप्टेन भावनाले नेपालगञ्ज म्याराथनका सहभागीहरुसँग […]

सम्बन्धित