कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सदरलाइन संवाददाता ८ कार्तिक २०७९, मंगलवार १२:५०
 

कैलाली : कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते एक जनाको उपचारका क्रममा मंगलवार बिहान ज्यान गएको छ ।

सोमवार ११ बजेतिर बत्ती बाल्ने क्रममा करेन्ट लागेका गौरीगङ्गा नगरपालिका ५ अण्डैया शिविरका वर्ष ४० का गणेश सिजाली मगरको ज्यान गएको हो ।


धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिहारमा पनि उम्मेदवारलाई घरदैलोकै चटारो

८ कार्तिक २०७९, मंगलवार १२:५०
नेपालगञ्ज : बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका किस्मतकुमार कक्षपति, प्रदेश क का उम्मेदवार रत्न खत्री र प्रदेश ख का उम्मेदवार भीम ओली तिहारको वीच पनि घरदैलो अभियान र जनता भेटघाटमै व्यस्त रहे । क्षेत्र नं. ३ अन्तरगत खजुरा गाउँपालिका वडा नं. ६ र […]