कीर्तिमानी पाइलट भावना नेपालगञ्जमा दौडसँगै मन्थन गर्ने

सदरलाइन संवाददाता २५ कार्तिक २०८०, शनिबार १४:२४
 

नेपालगञ्ज : पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली महिला पाइलट भावना पन्त नवौं धारा नेपालगञ्ज म्याराथनमा ऐक्यबद्धता जनाउन आउने भएकी छन् ।

नेपाल एयरलाइन्समा कार्यरत पाइलट भावनाले टिमको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय नारी दिवस(फागुन २४, २०७९)मा पहिलोपटक एयरबसलाई काठमाडौं—दुबई—काठमाडौं सफल अवतरण गराएकी थिइन् ।

अन्तर्राष्ट्रिय उडानहरुमा व्यस्त क्याप्टेन भावनाले नेपालगञ्ज म्याराथनका सहभागीहरुसँग सुर्खेतरोडमा ऐक्यबद्धता जनाउनुका साथै अघिल्लो दिन हुने नेपालगन्ज कनक्लेभमा प्यानलिस्ट भएर अनुभव बाँड्नेछिन् । महिला सशक्तीकरण सम्बन्धि ‘आकाश धर्ती बराबरी’ सत्रमा उनी सुनिनेछिन् । ‘म्याराथनको टेष्ट लिन निकै आतुर छु । ’ हङकङ उडान भर्नअघि उनले आयोजकसँग भनेकी छिन—‘अझ कनक्लेभमा महिला दिदीबहिनीसँग आफ्ना अनुभव बाँड्न पाउने खबरले मलाई एकदमै उत्साहित बनाएको छ ।’


नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगञ्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नेपालगञ्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालबाट भुकम्पका ४० जना घाइते डिस्चार्ज

२५ कार्तिक २०८०, शनिबार १४:२४
नेपालगञ्ज : जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरूमध्ये ५८ जनालाई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । समयमै अस्पताल पु¥याउन सकिएको र अस्पतालबाट राम्रो उपचार सेवा पाएकाले उपचारका लागि विभिन्न माध्यमबाट अस्पताल लगिएकामध्ये हालसम्म ४० जना निको भएर घर फर्किएको भेरी अस्पतालले जनाएको छ । अब सो […]