सदरलाइनडटकम,
काठमाण्डौ : ताइवानमा हेलिकोप्टर दुर्घटना हुँदा ताइवानका सेना प्रमुख शेन यी–मिङको निधन भएको छ । राजधानी ताइपेई नजिकै पहाडी इलाकामा हेलिकोप्टर दुर्घटना भएको हो ।
हेलिकोप्टरमा सेना प्रमुखसँगै १३ जना सवार रहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । ताइवानको आधिकारिक केन्द्रीय समाचार संस्थाले सेना प्रमुखकको निधन भएको पुष्टि गरेको छ ।
दुर्घटनामा अन्य आठ जनाको पनि ज्यान गएको अधिकारीहरुले जनाएका छन् । सेना प्रमुख मिङ नयाँ वर्षमा पूर्वाेत्तर क्षेत्रमा रहेका सैनिकसँग भेट्न जाने क्रममा हेलिकोप्टर दुर्घना भएको हो । अहिले दुर्घटनाग्रस्त क्षेत्रमा खोज्ने र उद्धार गर्ने काम भइरहेको हवाई बलका कमाण्डर इन् चिफ् हो–चीले सञ्चारमाध्यमलाई बताए । (एजेन्सी)
