मन्त्री चौधरीले गरे भेरी अस्पतालको निरीक्षण

सदरलाइन संवाददाता २३ भाद्र २०७९, बिहीबार १४:०३
 

नेपालगञ्ज : सहरी विकास मन्त्री मेटमणि चौधरीले नेपालगञ्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनको बिहीवार निरीक्षण गरेका छन् ।

नवनिर्मित भवनको निरीक्षण गर्दै मन्त्री चौधरीले औंला गनेरै तीन महिनामा काम सक्न निर्देशन दिएका छन् । निर्माण व्यवसायीले पनि तीन महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएका छन् ।


मन्त्री चौधरीलाई अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. वद्रि चापागाईंले स्वागत गर्दै अस्पतालले प्रदान गरिरहेको सेवा र समस्याबारे अवगत गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिवा खाजाले विद्यार्थी ‘ड्रपआउट’को संख्या घट्यो

२३ भाद्र २०७९, बिहीबार १४:०३
नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाले विद्यालयमा दिवा खाजाको व्यवस्था गरेपछि विद्यार्थी नियमित आउने क्रम बढेको छ । ‘ड्रपआउट’ अर्थात् कक्षा छाड्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले दिवा खाजा लागू भएपछि विद्यार्थी नियमित रूपमा विद्यालय आउन थालेको जानकारी दिए । उनले विद्यालय गएपनि बीचमै छोडेर […]