सदरलाइनडटकम,
बीरगञ्ज : बीरगञ्ज महानगरपालिकाका दुई जना कर्मचारी अख्तियारको फन्दामा परेका छन् ।
सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौडाले शिक्षा शाखा अधिकृत मन्जुर आलम र सुब्बा शशिभूषण साहलाई पक्राउ गरेको हो ।
उनीहरूलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । बीरगञ्ज १४ स्थित अर्कोन इन्टरनेशनल एकेडेमी बोर्डिङ स्कुल दर्ता गर्ने नाममा एकेडेमीका एकवाल हैदरसँग कर्मचारीले घुस मागेको अख्तियारले बताएको छ ।
