भेरीमा ४९ जना भूकम्पका घाइते उपचाररत, ३ जना डिष्चार्ज

सदरलाइन संवाददाता २२ कार्तिक २०८०, बुधबार १३:१३
 

नेपालगञ्ज : जाजरकोट भूकम्पमा घाइते भएका ४९ जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो १२ घण्टामा ३ जना घाइते थपिएका छन् । हालसम्म ५३ जना भर्ना भएकोमा १ जनाको मृत्यु भएको छ भने ३ जना डिष्चार्ज भएका छन् ।

१ जनाको आइसियूमा उपचार भइरहेको जिल्ला आपतकालीन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । पहिले सिकिस्त भए पनि हाल सुधारोन्मुख घाइतेको संख्या ३ र सामान्य सुधारोन्मुख घाइतेको संख्या ४५ रहेको श्रेष्ठले जानकारी दिए । एक जनाको अवस्था भने गम्भीर छ ।


पछिल्लो १२ घन्टाभित्र ३ जना घाइते भेरी अस्पतालमा थपिँदा ३ जना उपचारपछि घर फर्किएको अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भुकम्पपीडित घाइते र कुरुवालाई निःशुल्क खानाको व्यवस्था

२२ कार्तिक २०८०, बुधबार १३:१३
नेपालगञ्ज : शुक्रवार गएको भूकम्पबाट घाइते भएकाहरु र उनका कुरुवाहरुलाई नेपालगञ्जमा विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा लगातार निःशुल्क खानाको ब्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पमा परि घाइते भएका बिरामीहरु र उनिहरुका कुरुवाहरु सहित उपचारमा सेवारत स्वास्थ्यकर्मीहरुलाई अन्जनी माता रसोइ मार्फत निशुल्क खानाको ब्यवस्था गरिएको हो । सो निशुल्क […]