भुकम्पपीडित घाइते र कुरुवालाई निःशुल्क खानाको व्यवस्था

सदरलाइन संवाददाता २२ कार्तिक २०८०, बुधबार १३:१९
 

नेपालगञ्ज : शुक्रवार गएको भूकम्पबाट घाइते भएकाहरु र उनका कुरुवाहरुलाई नेपालगञ्जमा विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा लगातार निःशुल्क खानाको ब्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पमा परि घाइते भएका बिरामीहरु र उनिहरुका कुरुवाहरु सहित उपचारमा सेवारत स्वास्थ्यकर्मीहरुलाई अन्जनी माता रसोइ मार्फत निशुल्क खानाको ब्यवस्था गरिएको हो ।

सो निशुल्क खानाको व्यवस्थापनमा विशेष सहयोग बाँके युनेस्को क्लब र समाजसेवी ध्रुव देवकोटाले गरेको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, बाँकेले जनाएको छ । आपतकालीन कार्यसञ्चालन केन्द्र, बाँकेका फोकल पर्सन नरेस श्रेष्ठका अनुसार शुरुमा नै बाँके युनेस्को क्लवको तर्फबाट ५२८ छाक खाना र समाजसेवी ध्रुव देवकोटाबाट ५०२ छाक खानाको लागि रसोइघरलाई सहयोग प्रदान भएपछि निःशुल्क खानाको व्यवस्थापन गर्न सकिएको हो ।

सोही सहयोगका कारण भुकम्पमा परेर तत्काल उपचारका लागि नेपालगञ्ज भेरी अस्पतालमा पुर्याइएका घाइते, उनका आफन्त र स्वास्थ्यकर्मीलाई समेत निःशुल्क खाना प्रदान गर्न सकिएको अनजी माता रसोइघरका सञ्चालक जितेन्द्र कुमार सिंहले बताए ।


उनले भूकम्प पछि अस्पतालमा घाइते भर्ना भएयता करिब ७०० जनाले निःशुल्क खानाको सेवा उपभोग गरिसकेको जनाउँदै अझै सो सेवा जारी रहेको बताए । सञ्चालक सिंहले अहिले सम्ममा रसोइलाई १ हजार ३० छाक खानाको सहयोग प्राप्त भइसकेको र थप सहयोगका लागि प्रयास चलिरहेको बताए ।

भेरी अस्पतालको हाता भित्र रहेको सो रसोइघरले प्रति छाक ४० रुपैयाँका दरले लगातार भेरी अस्पतालमा उपचाररत बिरामी र उनका आफन्तलाई खानाको ब्यवस्थापन गर्दै आएको थियो, तर भुकम्पपिडत घाइते र कुरुवालाई भने गत पाँच दिनदेखि निःशुल्क खाना खुवाउँदै आएको छ । खाना ब्यवस्थापनमा नेपालगञ्जका स्थानीय युवाहरुले स्वयमसेवकको भूमिका निभाइरहेका छन् ।

खानाका लागि सहयोग गर्ने दाताहरुलाई भेरी अस्पताल बिकास समिति र आपतकालीन कार्यसञ्चालन केन्द्र बाँकेले धन्यवाद ज्ञापन गर्दै थप दाताहरुलाई पनि सहयोग गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा लेनदेन मुद्दाका खत्री पक्राउ

२२ कार्तिक २०८०, बुधबार १३:१९
नेपालगञ्ज : लेनदेन मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ५० को गुन्जा खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बाँके जिल्ला अदालतले २०७१ साल चैत्र २८ गते खत्रीलाई […]