डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते

सदरलाइन संवाददाता १९ कार्तिक २०८०, आईतवार १३:०७
 

नेपालगञ्ज : डोटी जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएको छन् ।

शनिवार राती साढे २ बजे जिल्लाको शिखर नगरपालिका–६ को अण्यौलस्थित केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा पर्दा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा हिमाली गाउँपालिका–५ बाजुराका २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँका विमला मलालकी ८ महिनाकी छोरी प्रार्थना रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।


त्यस्तै हिमाली गाउँपालिका–५ बाजुराका ३० वर्षीय प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ ।

प्रहरीले जीपका चालक गौमुल गाउँपालिका– ४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

जीप अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्पका ३८ जना घाइतेको बाँकेमा उपचार जारी

१९ कार्तिक २०८०, आईतवार १३:०७
नेपालगञ्ज : गत शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घाइते भएका मध्ये ३८ जनाको बाँकेको नेपालगञ्ज र कोहलपुरमा उपचार जारी छ । घाइतेहरु मध्ये भेरी अस्पतालमा ३७ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको उपचार भइरहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए […]