सुर्खेतमा लागुऔषधसहित श्रीमान–श्रीमती पक्राउ

सदरलाइन संवाददाता ३० श्रावण २०७९, सोमबार १२:५८
 

सुर्खेत : सुर्खेतमा लागुऔषधसहित श्रीमान–श्रीमति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ समावेशी टोलका लल्लु भन्ने किरण गिरी र उनकी श्रीमती सानु भन्ने सरला शाही रहेका छन् ।

उनीहरुलाई समावेशी टोलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी सुरज कार्कीले बताए ।


कार्कीका अनुसार उनीहरुको साथबाट ४७ ग्राम ६२० मिलि ग्राउम ब्राउन सुगर र नगद २६ हजार तीन सय रुपैयाँ बरामद गरिएको छ ।

पक्राउ गरेका गिरी दम्पतिमाथि अहिले थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार ६ जनामा कोरोना पुष्टि, ६ डिस्चार्ज

३० श्रावण २०७९, सोमबार १२:५८
नेपालगञ्ज : बाँकेमा सोमवार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा ५ र जमुनाहा नाकामा १ जना गरी ६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये बाँकेका तीन छन् । अन्य तीन जना […]

सम्बन्धित