बाँके राष्ट्रिय निकुन्जमा भिटिआर सिस्टम जडान

सदरलाइन संवाददाता १९ माघ २०७८, बुधबार १६:२१
 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुन्ज क्षेत्रको सडकमा चल्ने सवारी साधनको जाँचलाई छिटो छरितो र प्रभावकारी बनाउन भेइकल ट्रयाकिङ रिकोजिनेशन भीटीआर सिस्टम जडान गरिएको छ ।

निकुन्ज प्रवेश गर्ने स्थानमा रहेका चेक पोष्टहरु शिवखोला र प्रगति नगरमा करिब १५ लाखको लागतमा भीटीआर सिस्टम जडान गरिएको बाँके निुकन्जका प्रमुख श्यामकुमार शाहले बताए ।


भीटीआर सिष्टमले सवारी साधन निकुन्ज क्षेत्रमा प्रवेश गरेको र निकुन्ज क्षेत्रबाट बाहिरिएको विवरण रेकर्ड गरेर सर्भरमा पठाइदिन्छ । भीटीआर सिस्टमबाट प्राप्त हुने विवरणका आधारमा सुरक्षाकर्मीले निकुन्ज क्षेत्रमा ओहोरदोहोर गर्ने सवारी साधनको निगरानी गर्ने गरेका छन् ।

भीटीआर सिस्टम जडान भएपछि निकुन्जको चेकपोष्टमा सवारी साधनबाट उत्रिएर चेक पोष्टमा लाइन लागेर सवारी साधनसम्बन्धी विवरण इन्ट्री गराउनुपर्ने झन्झटको अन्त्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतबाट दुई नेपाली बालश्रमिकको उद्धार

१९ माघ २०७८, बुधबार १६:२१
नेपालगञ्ज : भारतको लखनउ शहरमा रहेका दुई जना नेपाली बालश्रमिकहरुलाई उद्धार गरि नेपालगञ्ज ल्याइएको छ । इलाका प्रहरी कार्यालय जमुनाहाको समन्वयमा श्री एन्जल्स जयसपुर बाँके र देहात संस्था रुपईडिहा भारतको सक्रियतामा गढीमाइ नगरपालिका ७ रौतहट घर भएका १७ बर्षीय बालक इब्रान शेख र अवलसिङ सुर्खेतका १६ बर्षीय बिकास थापालाई उद्धार […]