कोहलपुरबाटै मालपोत र नापीको सेवा प्रवाह

सदरलाइन संवाददाता १ कार्तिक २०८०, बुधबार १४:१२
 

कोहलपुर (बाँके) : कोहलपुरमा मालपोत र नापी कार्यालयलले औपचारिक रुपमा सेवा प्रवाह गरेका छन् । कार्यक्रमकी प्रमुख अतिथी एवम् भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता चौधरीले औपचारिक रुपमा सेवा प्रवाह शुभारम्भ गरेकी हुन् । सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुर लगायत आसपासका क्षेत्रका नागरिकहरु आफ्नो काम काज गराउनका लागि अब नेपालगन्ज जानु नपर्ने बताइन् ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद सुर्य ढकाल, आशा बिक, नागरिक उन्मुक्ती पार्टीका संस्थापक रेशम चौधरी, लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरी, सञ्जुकुमारी चौधरी, बसन्ती अधिकारी, जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकाय, लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा बोल्ने अधिकांसले कोहलपुरमा स्थापना भएको मालपोत र नापी कार्यालयले जनतालाई सहज रुपले सेवा दिनुपर्ने सुझाव दिएका छन् । सेवा लिन कार्यालयमा आउने जनताले सास्ती पाउन नहुने भन्दै उनीहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । जनताको कामसँग प्रत्यक्ष जोडिने मालपोत र नापी कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन जरुरी रहेको बक्ताहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्युतीकरणमा ढिलाइ भएकोप्रति सांसद नमुनाको चासो

१ कार्तिक २०८०, बुधबार १४:१२
नेपालगञ्ज : लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना)ले बाँकेको राप्ती पारिका बस्तीमा विद्युतीकरणमा ढिलाइ भएको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै चासो राखेकी छन् । राप्तीसोनारी–४ का विकट बस्ती गुर्दनगौरी, महेशपुर, खयरभट्टी, चुनभट्टी, कुन्टेपानी लगायतका नाकाका बस्तीहरुमा विद्युतीकरणका लागि टेण्डर आह्वान भई ठेकेदार कम्पनीसँग सम्झौता भई काम पनि शुरु भइसकेको तर […]

ताजा अपडेट