सदरलाइनडटकम,
काठमाण्डौ : धादिङको आदामघाट नजिक बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृतकको संख्या ७ पुगेको छ ।
काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खस्दा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै प्रकाश श्रेष्ठ, शेखर मगरको परिचय खुले पनि ठेगाना खुलेको छैन । घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कतिजना यात्रु थिए भन्ने यकिन हुन सकेको छैन ।
