बाँकेमा मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिता हुँदै

सदरलाइन संवाददाता १८ पुष २०८०, बुधबार १८:४७
 

नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघको आयोजनामा माघको पहिलो सातादेखि मेयर कप छात्र/छात्रा / फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगिता माघ ७ देखि १४ गते सम्म नेपालगन्जमा हुनेछ ।

प्रतियोगितामा बाँके जिल्लामा रहेको ८ वटा स्थानीयतहका विद्यालयहरुको छात्र÷छात्रा टिमहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता आयोजनामा नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

बुधबार प्रतियोगिता आयोजना बारेमा नेपालगञ्ज उप–महानगरपालिका र बाँके जिल्ला फुटबल संघ बिच सम्झौता भएको छ । सम्झौता पत्रमा नेपालगन्ज उप–महानगरपालिका शिक्षा महाशाखाका उप–सचिव गोर्ख बहादुर थापा र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले हस्ताक्षर गरेका थिए ।

नेपालगञ्ज उप–महानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा करिब ४० विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले बताए । नेपालगन्ज उप–महानगरपालिकासँग सम्झौता भएलगत्तै प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढेको चन्दले जानकारी गराए ।


बाँके जिल्ला फुटलल संघले विगतका वर्षमा मेयर कप जिल्ला स्तरीय छात्र–छात्रा प्रतियोगिता आयोजना गदै आएको थियो । कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन् । माघको ७ गतेबाट सुरु हुने प्रतियोगिताले विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपाल फुटलब संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

उनले भने, ‘हामी निकै उत्साहका साथ विद्यालय स्तरको मेयर कप प्रतियोगिता आयोजना गर्न लागिरहेका छौं । यसले बाँके जिल्लाको फुटबल विकासमा योगदान गर्नेछ । प्रतियोगितालाई भव्य बनाउने तयारी गरिरहेका छौं । मेयर कपले बाँकेको विकासमा नयाँ सम्भावनाको उजागार गर्नेछ ।’

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल टे«निङ सेन्टरमा प्रतियोगिताका खेलहरु हुनेछ । नेपालगञ्ज रंगशालामा सिन्थेटिक ट्रयाक निर्माणको काम जारी रहेकोले प्रतियोगिता धम्बोझीमा गर्नु परेको बाँके जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिताको विजेता टिमले २१ हजार, उपविजेताले ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोषीमाथि कारबाही गर्न नेपालगञ्जमा प्रर्दशन

१८ पुष २०८०, बुधबार १८:४७
नेपालगञ्ज : पीडित पक्षले सडकमा टायर बालेर प्रर्दशन गरेपछि नेपालगन्ज–कोहलपुर सडक खण्ड अवरुद्ध भएको छ । चालकलाई कारबाही र घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने माग राख्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन् । कारकाँदोस्थित सिक्टा सिँचाइ आयोजना कार्यालय नजिक सु.प्र.प्र. ०१–००१ प ३४६४ नम्बरको स्कारपियोले ठक्कर दिदाँ अंग्रेजी नयाँ वर्ष मनाएर फर्किदै […]