राष्ट्र बैंकद्वारा कर्णाली विकास बैंकलाई करवाही

सदरलाइन संवाददाता ११ मंसिर २०८१, मंगलवार १४:३४
 

नेपालगञ्ज : नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक समस्यामा देखिएपछि नेपाल राष्ट्र बैंकले निक्षेप लिन र कर्जा दिन रोक लगाएको छ ।

नेपालगञ्जमा रहेको बैंकको कार्यालयमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले कारबाही गरेको छ ।

खराब वित्तीय सूचकका बाबजुत पछिल्लो समय सेयर बजारमा यो कम्पनीमा कारोबारी हाबी देखिएका छन् । जसले गर्दा सेयर मूल्य हालसम्मकै उच्च प्रतिकित्ता ८४० रुपैयाँ छ । सोमबार मात्रै ५.६६ प्रतिशत मूल्य बढेको छ ।


यस विकास बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार ३ महिनामा खुद नोक्सानी १ करोड ९८ लाख रुपैयाँ छ ।

राष्ट्रबैङ्कले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले संस्थालाई आजैका मितिबाट लागू हुनेगरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको ब्यहोराको सुचना प्रकासन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकाको निर्वाचन प्रणाली र प्रक्रिया !

११ मंसिर २०८१, मंगलवार १४:३४
”हरेक राज्य र स्थानीय निकायको आफ्नै निर्वाचन प्रणाली हुन्छ। गभर्नर, राज्य विधायिका, मेयर, सिटी काउन्सिल, र स्थानीय निकायका लागि छुट्टाछुट्टै चुनाव गरिन्छ।”   अमेरिकाको निर्वाचन आयोग (Federal Election Commission – FEC) FEC एक स्वतन्त्र नियामक संस्था हो, जसको स्थापना सन् 1975 मा अमेरिकी संघीय निर्वाचन प्रक्रियाको पारदर्शिता र इमानदारी सुनिश्चित […]

सम्बन्धित