बाँकेमा शुक्रवार १० संक्रमित थपिए, ७ डिस्चार्ज

सदरलाइन संवाददाता २५ भाद्र २०७८, शुक्रबार १६:३५
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७३ नमुना परीक्षण गर्दा थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा ५, कोहलपुर मेडिकल कलेजमा ४ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये बाँकेका ८ जना छन् । कोहलपुरका ५, खजुराका २ र बैजनाथका १ जना हुन् ।


योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ८७ पुगेको छ । यस्तै शुक्रवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ८६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १०२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु

२५ भाद्र २०७८, शुक्रबार १६:३५
नेपालगञ्ज : कारोना भाइरस संक्रमणका कारण बाँकेमा शुक्रवार थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–६ दाङका ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए । साउन २९ गते नेपालगञ्ज मेडिकल कलेजको प्रयोगशालामा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि उहाँलाई […]

सम्बन्धित