संघका महासचिव रानाभाटले लिए सपथ

सदरलाइन संवाददाता २१ आश्विन २०८०, आईतवार २२:५०
 

नेपालगञ्ज : नेपालगञ्ग उद्योग बाणिज्य संघका नवनिर्वाचित महासचिव भिम रानाभाटले निर्वाचित भएको लामो समयपछि पद तथा गोपनियताको सपथ लिएका छन् ।


गत भदौ २ मा भएको संघको निर्वाचनको नतिजा अनुसार ६ मतले रानाभाट विजयी भएको भएपनि उनको जीतबिरुद्ध अदालतमा मुद्दा परेपछि उनको सपथ रोकिएको थियो ।

अदालतले पनि रानाभाटको पक्षमै फैसला सुनाउदै संघका निर्वाचन आयुक्तको फैसला नै सदर गरे पनि उनलाई पदमा वाहाल गरी अध्यक्ष टंक धामिले आईतबार सपथ गराएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा

२१ आश्विन २०८०, आईतवार २२:५०
काठमाण्डौ : इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनु भएकाका नेपालीहरुप्रति सम्मान व्यक्त […]