कोहलपुर नगरस्वास्थ्य शाखा प्रमुख ठकुरीले गरे क्षमा याचना

सदरलाइन संवाददाता १३ आश्विन २०८०, शनिबार १४:०२
 

कोहलपुर (बाँके) : समाचारको विषयलाई लिएर पत्रकारलाई अपशब्द प्रयोग गर्ने कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल सिंह ठकुरीले सरोकारवाला निकायको रोबरमा क्षमा याचना गरेका छन ।

नेपाल पत्रकार महासंघ बाँके, प्रेस चौतारी नेपाल बाँके, प्रेस युनियन बाँके, प्रेस सेन्टर, क्रियाशिल पत्रकार कोहलपुरका जिम्मेवार पदाधिकारी सहित कोहलपुर नगरपालिका कार्यकारी प्रमुखको कार्यकक्षमा बसेको पत्रकार र नगरपालिकाका प्रतिनिधिबिच भएको छलफल पछि शाखा प्रमुख ठकुरीले आफु आक्रामक रुपमा प्रस्तुत हुनु आफनो गल्ति भएको भन्दै पत्रकारहरु सामु माफि मागेका हुन ।


कोहलपुर टाईम्सले असोज ११ गते आफनो समाचार पोर्टलमा कोहलपुर नगर अस्पतालमा छैन सिटामोल, ल्याव मेसिन समेत बेकामे शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि ठकुरीले अनलाईनका कार्यकारी सम्पादक प्रमोद रिजालमाथि अपशब्द प्रयोग गर्दै देखाईदिने भन्ने धम्कि समेत दिएपछि पत्रकारहरुका आ–आफना आस्थाका संगठन र पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले समेत घटनाबारे प्रेस बिज्ञप्ति निकाल्दै दोषिमाथि कारबाहिको माग गरेका थिए ।

स्वास्थ्इ शाखाको तर्फबाट जारी बिज्ञप्ति अनुसार ठकुरीले कोहलपुर टाईम्समा प्रकाशित कोहलपुर नगर अस्पतालमा छैन सिटामोल, ल्याव मेसिन समेत बेकामे भन्ने समाचारले आफनो ब्यक्तिगत चरित्र हत्या गरेको उल्लेख गर्दै उक्त समाचारका बिषयमा कार्यकारी सम्पादक रिजालसंग अर्मयादित शब्द प्रयोग भएकोप्रति आत्मआलोचना सहित क्षमा माग्दछु भन्ने उल्लेख गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा वेवारिसे शव व्यवस्थापन गर्ने संस्थाको अगुवाईमा १९६ मृतकको अस्तु बाग्मती नदीमा विर्षजन गरिने

१३ आश्विन २०८०, शनिबार १४:०२
नेपालगञ्ज  : भारतमा वेवारिसे शवको व्यवस्थापन तथा अन्तिम संस्कार गर्दै आएको ‘मानव उपकार संस्था’ को अगुवाईमा सोह्रश्रादको अवसरमा नेपालका पबित्र नदीहरुमा अस्तु विषर्जन गरिने भएको छ । संस्थाको अगुवाईमा अस्तु विषर्जन, श्रद्धाञ्जली र सद्भावना भ्रमणका लागि असोज १३ अर्थात सेप्टेम्बर ३० मा १ सय ८१ मानव सेवक हवाई मार्गबाट काठमाडौं […]