बुम रेमिट क्रिकेट प्रतियोगितामा सगरमाथा ज्ञानपुञ्ज बिजयी

१० माघ २०७४, बुधबार १८:४४
 

सदरलाइनडटकम 
१० माघ, कोहलपुर (बाँके) : कोहलपुरमा जारी बुम रेमिट जिल्लास्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्पन्न पहिलो खेलमा सगरमाथा ज्ञानपुञ्ज स्कुल बिजयी भएको छ । टस जितेर ब्याटिङमा उत्रिएको ज्ञानपुञ्जले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २६ रन जोड्न सफल भएको थियो । ठुलो स्कोर खडा गर्ने क्रममा ज्ञानपुञ्जका खेलाडी गोपाल जिसीले ४१ तथा दिनेश पुरीले ३२ रन बनाएपनि अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।
१ सय २७ रनको लक्ष्य पछ्याएको वागेश्वरी एकेडेमी (बि) ८६ रन मै समेटिएपछि नतिजा ज्ञानपुञ्जको पक्षमा गएको हो । वागेश्वरीका खेलाडीद्धय धिरेन्द्र बम र सन्दिप शाहीले उत्कृष्ठ पारी खेलेपनि नतिजा आप्नो पक्षमा पार्न सकेनन् ।
धिरेन्द्रले २० बलको सामना गर्दै २५ रन जोडेका थिए भने १४ बल खेलेका सन्दिपले २१ जोड्न सफल भए । वागेश्वरीको ब्याटिङलाईन धरासायी बनाउने क्रममा ज्ञानपुञ्जका बलर गंगा शाहीले ३ विकेट लिएका थिए भने दिनेश पुरी र उमेश बुढाले समान २/२ विकेट लिए । खेलको म्यान अफ द म्याच ज्ञानपुञ्जका खेलाडी दिनेश पुरी घोषित भए ।

Next Post

छोरीको विवाहको लागि अनुदान दिन माग गर्दै स्थानीयद्वारा गाउपालिका घेराउ

१० माघ २०७४, बुधबार १८:४४
सदरलाइन / रुद्र सुवेदी, १० माघ, नेपालगन्ज  : बाटो र पुल निर्माण भएपनि नभएपनि केही छैन तर गाउपालिकाका सबै छोरीको विवाहको लागि गाउपालिकाले अनुदान रकम दिनपर्ने माग राख्दै स्थानीयद्वारा गाउपालिकाकोे कार्यालय घेराउ गरिएको छ । बाँकेको जानकी गाउँपालिकामा विकास निर्माणको लागि आएको रकम छोरीको विवाहको लागि अनुदान दिनुपर्ने माग गर्दै […]