बैदेशिक रोजगारको नाममा कुवेत पठाउन लागिएका ३७ चेलीको उद्दार

१९ कार्तिक २०७५, सोमबार १८:०५
 

सदरलाइनडटकम, 
नेपालगञ्ज  :  बैदेशिक रोजगारको नाममा अबैध रुपमा भारतीय बाटो प्रयोग गरी कुवेत लैजान लागेको अवस्थामा भारतको उत्तर प्रदेशबाट ३७ जना नेपाली चेलीको उद्दार गरिएको छ । अन्य तीनजना चेलीलाई दिल्लीको एउटा कोठीबाट निकालेर उद्दारकर्मीले नेपाल ल्याएका छन् ।
भारतमा क्रियाशिल माईती ईण्डिया, भारतीय प्रहरी र भारतमा रहेको नेपाली दूतावासको पहलमा ३७ चेलीलाई गाजियावादको इन्द्रपुरमस्थित एक होटलको तीनवटा फ्लाटमा थुनेर राखिएको अवस्थामा उद्दार गरिएको हो ।
दिल्ली र गाजियाबादबाट उद्दार गरिएका सबै चेलीलाई मार्इती इन्डियाको टोलीले नेपालगन्जस्थित मार्इती नेपालको कार्यालयलाई जिम्मा लगाएको छ । मार्इती इन्डियाका संस्थापक बालकृष्ण पाण्डेका अनुसार ३७ जनालाई नेपालस्थित भारतीय दूतावासको समन्वयमा उत्तर प्रदेश प्रहरीको सहयोग लिएर उद्दार गरिएको हो ।
उद्दार गरिएका ३७ चेली सबै भन्दा बढी झापा, सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदययुर, काठमाडौं, दाङ, इलाम, तेह्रथुम, उदयपुर, कपिलवस्तु, दैलेख, मोरङ लगायतका जिल्लाका रहेको माइती नेपालले जनाएको छ ।
उद्दार गरिएका घर जान चाहने चेलीलाई घर पठाउने र जान नचाहने चेलीलाई सिपमुलक तालिम दिने सेन्टरमा राखिने मार्इती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताए ।
उनका अनुसार नेपाली चेली भारतको कोठीमा सप्लाइ गर्ने काममा ३ भारतीय र २ नेपाली गरी ५ जनाको गिरोह सक्रिय रहेकोमा तीन जना भारतीय प्रहरीको नियन्त्रणमा रहेको र दुई जनाको ईन्टरपो मार्फत खोजि भई रहेका छ ।
एक नेपाली चेली भारतको दिल्ली पु¥याए बापत सो गिरोहले १ लाख भारतीय लिने गरेको र भारतबाट केदार भन्ने मुख्य नाईकेले कुवेत पठाउदा ४ लाख भारतीय रुपैया पाउने गरेको उद्दारकर्मीहरुले बताएका छन् ।
नेपाली चेली भारतको कोठीमा पु¥याउने गिरोहका नाइके केदार नामका भारतीय रहेको खुलेको छ । नाइकेसहित गिरोहका तीन सदस्य भारतीय प्रहरीको फन्दामा परिसकेको पाण्डेले जानकारी दिए । गिरोहका एक नेपाली र एक भारतीय सदस्य फरार रहेको र उनीहरूलाई पक्राउ गर्न इन्टरपोलमार्फत नोटिस जारी गरिएको छ ।

Next Post

रचना वाचनसहित नेपालगञ्जमा देवकोटालाई सम्झियो

१९ कार्तिक २०७५, सोमबार १८:०५
सदरलाइनडटकम  नेपालगञ्ज  : महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औ जन्मजयन्तीको सन्दर्भमा अन्तराष्ट्रिय साहित्य समाज भेरीको आयोजनामा सोमबार नेपालगञ्जमा तिहार भेटघाट तथा कवि गोष्ठि गरिएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज भेरी अध्यक्ष कल्पना खरेलले आफनै निवासमा स्रष्टालाई निम्त्याएर शुभकामना आदान प्रदान तथा रचना वाचनको चाँजो मिलाएकी थिईन । कथाकार एवम् प्रज्ञा […]

सम्बन्धित