क्यान्सर पीडित कलाकार श्यामानन्दको उपचार सहयोगार्थ अपील

सदरलाइन संवाददाता ९ आश्विन २०८०, मंगलवार १६:१६
 

नेपालगञ्ज : नेपालगञ्जका श्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सरसँग जुधिरहेका छन् । ६९ वर्षीय वरिष्ठ कलाकार सिंहको एक महिना अघि पेटको आन्द्रामा क्यान्सर देखिएपछि अहिले विपी कोइराला मेमारियल क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

हस्तकला, चित्रकला, गीत/संगीत, साहित्य र नाटय लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार ठकुरीले आफ्नो घरको दोस्रो तलाका चार कोठालाई वर्षौंदेखि संग्रहालय बनाएका छन् । कला पारखी, शुभेच्छुक एवं आम नागरिकका लागि उनले निःशुल्क अवलोकनको अवसर दिँदै आएका थिए । संग्रहालयमा सिंहद्वारा सिर्जित हस्तकला, चित्रकलाका सयौं सिर्जनाहरु राखिएका छन् ।


जीवन भर कला र सिर्जनामै तल्लीन ठकुरीलाई यतिबेला उपचारमा आर्थिक अभाव छ । कान्छा छोरा सागरसिंह ठुकरीका अनुसार यही हप्ताभित्र शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल छ । सिंहको घरमा मान–सम्मान, प्रमाण–पत्र सयौं छन् तर यतिबेला उनलाई आर्थिक सहयोग चाहिएको छ । आर्थिक सहयोग गरेर बुवाको जीवन बचाइदिन छोरा सागरले अपील गरेका छन् । श्यामानन्द सिंह, ग्लोवल आइएमई बैंक, खाता नम्बर ०२१०८०१००००२९४, इ–सेवा आइडी ९८४८०१८८२७ र खल्ती आइडी ९८५१०३९४२७ मा सहयोग रकम जम्मा गर्न सकिनेछ ।

क्यान्सरले थलिएका ठकुरीको अन्तिम इच्छा र कामना छ–’घरको संग्रहालयलाई राज्यले संरक्षण गरेर कहीँ स्थापित गरिदेओस् ।’ झण्डै सय सडक नाटक लेखन र अभिनय गरिसकेका सिंह ठकुरीले टेलिसिरियल ‘अभागन बने सुहागन’ को कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गरेका थिए । सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरबाट प्रसारण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आपतकालीन परियोजनाको समापन बैठक सम्पन्न

९ आश्विन २०८०, मंगलवार १६:१६
नेपालगञ्ज : बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा स्टार्ट फन्ड युकेको आर्थिक सहयोगमा बर्दिया जिल्लाको चार वटा पालिकाहरुमा सञ्चालन गरिएको ४५ दिने आपतकालीन बाढी प्रतिकार्य परियोजनाको जिल्ला तथा पालिकास्तरीय समापन बैठक सम्पन्न भएका छन् । बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा आएको बाढीबाट […]