कृषि संकायका लागि गोरखा कलेजद्वारा अनलाइन आवेदन खुला

सदरलाइन संवाददाता ७ आश्विन २०८०, आईतवार १४:४५
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टरले कृषि स्नातक तहमा प्रवेश परीक्षाको आवेदन फारम खुल्ला भएको जनाएको छ । आईतबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट मार्फत कलेजले नयाँ शैक्षिक सत्रकालागी बिएस्सीएजी तर्फ अनलाईन आवेदन खुलेको जनाएको हो ।

पश्चिम नेपालकै उत्कृष्ट बिद्यालयका रुपमा स्थापित गोरखा स्कुलको सहसंस्थाका रुपमा कोहलपुर नगरपालिका वडा नं. २ मा गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टर सञ्चालनमा रहेको छ । स्नातक तहमा बिएस्सीएजी कार्यक्रम सञ्चालन भईरहेको उक्त कलेज गोरखा स्कुलको एउटा युनिट हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनबाट २०७५ सालमा सम्बन्धन प्राप्त गरेको उक्त कलेजमा ५० जना विद्यार्थीको कोटा रहेको क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख प्रोफेसर इश्वरी चन्द्र प्रकाश तिवारीले अहिले पाँचौं ब्याचकालागी आवेदन खुल्ला गरीएको जानकारी दिए । तिवारीका अनुसार क्याम्पसले १० प्रतिशत अनिवार्य छात्रबृत्ति समेत प्रदान गर्दै आएको बताए । कृषि विज्ञान पढ्न चाहने विद्यार्थीहरुलाई कोटा अनुसार छात्रवृत्ति प्रदान गर्दै आएको क्याम्पसले पढाई सँगसँगै विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासकालागि रिसर्च सेन्टर समेत सञ्चालन गर्दै आएको तिवारीले बताए ।

प्रवेश परीक्षाको आवेदन फारम भर्नकालागी एसएलसी÷एसइइ वा सो सरहको परीक्षामा कम्तीमा द्वितीय श्रेणी वा “सी ग्रेड”मा उत्तिर्ण भई आई.एस्सी (विज्ञान) वा १०+२ (विज्ञान) वा १०+२ (कृषि विज्ञान, वन विज्ञान वा पशु विज्ञान) विषयमा प्राविधिक प्रमाणपत्र तह वा सो सरह अध्ययन गरी कुल प्राप्ताङ्कको कम्तीमा ४५% अङ्क वा प्रत्येक विषयमा “सी ग्रेड”का साथै कूल प्राप्ताङ्क “सी जीपिए” मा २.२ प्राप्त गरी उत्तीर्ण भएको हुनुपर्ने क्याम्पसले जनाएको छ । आवेदन फारम भर्ने अवधी असोज १२ गतेसम्म तोकिएको छ ।


विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै अहिले चितवनकासाथै काठमाण्डौंबाट समेत ईन्टार्स दिने ब्यवस्था मिलाईएको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका अनुसन्धान तथा प्रसार निर्देशनालय निर्देशक डा. ऋषिराम कट्टेलले जानकारी दिए । आगामी दिनमा विध्यार्थीहरुको माग र आवश्यकताका आधारमा अन्य ठाँउबाट समेत प्रवेश परीक्षा दिनसक्ने ब्यवस्था मिलाईने कट्टेलले बताए ।

२०७५ सालदेखी पश्चिम नेपालका विद्यार्थीहरुलाई लक्षित गरी स्नातक तहमा कृषी संकाय संचालन गर्दै आएको गोरखा क्याम्पसबाट चौंथो ब्याचका विद्याथीहरु पसआउटको तयारीमा रहेको जनाउँदै क्याम्पस प्रमुख तिवारीले उनीहरूले ६ महिनाको इन्टर्नसिप गर्नुपर्ने बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा केही विद्यार्थीहरुले प्रयोगात्मक रुपमा काम गरिरहेको जानकारी दिदैं तिवारीले थप इन्टर्नसिपकालागि उनिहरुलाई ईजरायल पठाउने तयारी भईरहेको बताए । नेपालमै इन्टर्नसिप गरेका वा ईजरायलबाट इन्टर्नसिप गरेर फर्किएका विद्यार्थीहरुलाई मात्र क्याम्पसले शैक्षिक सिकाईको प्रमाणपत्र उपलब्ध गराउने तिवारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशका तीन सयभन्दा बढी प्रहरी जवान दीक्षित

७ आश्विन २०८०, आईतवार १४:४५
नेपालगञ्ज : कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको १३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले नेपालगञ्जमा दीक्षान्त समारोहको आयोजना गरेर आधारभूत तालिम प्राप्त गरेका तीन सय जना जवानलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाएको हो । कर्णाली प्रदेशका प्रहरी […]