गठबन्धन भत्काउन हामी लाग्दैनौं : महासचिव पोखरेल

सदरलाइन संवाददाता ९ चैत्र २०७९, बिहीबार १४:१७
 

दाङ : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दशदलीय गठबन्धन भत्काउन आफूहरु नलाग्ने बताएका छन् । उनले निर्वाचनअघिको पाँचदलीय गठबन्धनलाई सत्ता नेतृत्व चलाउन जनमत प्राप्त नभएकाले सरकार सञ्चालनका लागि नेकपा (माओवादी केन्द्र) लाई एमालेले सहयोग गरेको बताए ।

प्रेस चौतारी दाङ शाखाले घोराहीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सत्ता गठबन्धनको दशदलीय गठबन्धन भत्काउन एमाले नलागी कुशल प्रतिपक्षको भूमिकामा रहने बताए ।

पत्रकार सम्मेलनमा महासचिव पोखरेलले देशमा चुलिँदै गएको आर्थिक सङ्कट व्यवस्थापनमा दशदलीय सत्ता गठबन्धनले सकारात्मक भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । उनले माओवादी नेतृत्वको सरकारमा एमाले सामेल रहँदा आर्थिक सूचक सकारात्मक देखिए पनि सरकारबाट हटेलगत्तै खराब सूचकाङ्क देखापरेको बताए ।


देशमा देखिएको राजनीतिक अराजकता र सांस्कृतिक अतिवादका नाममा मौलिक संस्कृतिमाथि भइरहेको अतिक्रमणले देशलाई अस्थिरतातर्फ धकेल्दै गएको भन्दै उनले दशदलीय सत्ता गठबन्धनमा एकमत भएमा देश मध्यावधिमा नधकेलिने बताए ।

प्रेस चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नतिजाले नयाँ पुस्तामा समेत एमालेको लहर बढेको बताए । नेकपा (एमाले) राष्ट्रियताको पक्षमै देखिएकाले बाह्य र आन्तरिक शक्तिको तगारो बन्दै गएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पनि मापसे सेवनगरी सवारी चलाउनेले जरिवानासहित सचेतना कक्षामा बस्नुपर्ने

९ चैत्र २०७९, बिहीबार १४:१७
नेपालगञ्ज   : बाँकेमा मापसे गरेर सवारी चलाउने चालकलाई एक घण्टाको सवारी चालक सचेतना कक्षामा अनिवार्य सहभागी हुनु पर्ने भएको छ । यसअघि एक हजार जरिवाना लिएर छाड्ने गरिएको थियो । जिल्ला ट्राफिक कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार मापसे चेकजाँचमा मापसे सेवन गरेको अवस्थामा भेटिएका चालकहरुलाई अनिवार्य यस्तो कक्षामा बस्नु पर्ने […]

सम्बन्धित