नेपालगञ्ज : डा. नितेश कनोडियाको अध्यक्षतामा नेपाल युवा उद्यमी मंचको १३ औ शाखा नेपालगञ्जमा स्थापना गरिएको छ ।
बिशेष कार्यक्रमको आयोजना गरी युवा उद्यमीहरु समेटिएको मंचको शाखा बिस्तार गरिएको हो । शाखाको प्रथम उपाध्यक्षमा तिर्थबहादुर थापा र द्धितीय उपाध्यक्षमा डा ओम मिश्र सहित २७ जना रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष कनोडियाका अनुसार नेपाल युवा उद्यमी मंच संस्थाको स्थापना सन २००३ सालमा भएको हो । गैरनाफा मुलक रहेको संस्थाको उद्देश्य ब्यापारिक सोचको प्रबर्धन गर्नु रहेको छ । मंच नेपालमा रहेका युवा उद्यमीहरूको सबैभन्दा ठूलो संगठन हो ।
संस्थामा जम्मा १२ च्यापटर रहेका छन् जसमा काठमाडौं, पोखरा, ललितपुर, चितवन, रुपन्देही, सुर्खेत, कैलाली, बिरगंज, जनकपुर, बिराटनगर, सुनसरी, झापा छन् । यीे १२ वटा च्यापटरमा कुल मिलाएर ८ सय हाराहारी युवा उद्यमीहरु प्रत्यक्ष रुपमा सहभागी भएर उद्यमसिलतालाइ प्रबर्धन गरिरहेको कनोडियाले बताए ।
नेपालगन्ज च्याप्टर बर्दिया, बाँके क्षेत्र वरपरका युवा उद्यमी र युवा उद्यमशीलता प्रवर्द्धन र विकास गर्ने दृष्टिकोणले स्थापना गरिएको हो । रुपन्देहीपछि लुम्बिनी प्रदेशमा यो दोस्रो च्याप्टर हो ।
संस्थामा सदस्य बन्न निवेदकको उमेर १८ देखि ४० को बीचमा हुनु पर्ने छ । सदस्यहरु कुनै किसिमको व्यवसायमा सक्रिय रुपमा संलग्न हुन तथा नेपालको व्यवसायिक वातावरणमा योगदान गर्न सक्ने क्षमता हुन जरूरी छ ।