सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडानं. १८ का वडा अध्यक्ष दीपक कुमार वर्माले नेपालगञ्जको कारकाँदो चोकमा रहेको राधाकृष्ण मन्दिरलाई आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गरेका छन् ।
वडा अध्यक्ष वर्मालाई मन्दिर व्यवस्थापन समितिले मन्दिरको रंगरोगन र अन्य माग राखेपछि तत्काल मन्दिरलाई रंग लगाउनका लागि एक महिनाको तलब २५ हजार ७ सय ४० रुपैयाको चेक मन्दिर व्यवस्थापन समितिका अध्यक्षलाई विहिबार हस्तान्तरण गरेका हुन ।
अध्यक्ष बर्माले सो अवसरमा बोल्दै यस क्षेत्रमा रहेको एक मात्र राधाकृष्ण मन्दिर र यसको व्यवस्थापनका लागि आफु नियमित काममा लाग्न नसकेको प्रति दुख व्यक्त गर्दै निरन्तर मन्दिर व्यवस्थापनको काममा लागेका व्यक्तिहरुलाई धन्यवाद दिए ।
अध्यक्ष वर्माले भने–‘आफुले भौतिक रुपमा उस्थित भएर सेवा गर्ने इच्छा हुँदाहुँदै पनि कार्य व्यस्थताले सहयोग गर्न नसकेले मन्दिर व्यवस्थापनको लागि एक महिनाको तलब मन्दिरलाई हस्तान्तरण गरेको छु । यो बाहेक अन्य सहयोगको लागि सदैब सकारात्मक रहने छु ।’
बिहिबार नै वडापालिकाको आर्थिक सहयोग १ लाख १५ हजार र अन्य दाताको सहयोगमा १ लाख ३९ हजारमा शुद्ध खानेपानीको फिल्टरको वडा अध्यक्षले पानी खाएर शुभारम्भ गरे । वडापालिकाको सहयोगमा पानी ट्याङ्की, फिल्टर र स्टेब्लाइजर खरिद गरिएको व्यवस्थापन समितिले खर्च सार्वजनिक गरेको थियो ।